Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

तस्विरमा छबिको `लोफर`

फिल्मीखबर, काठमाण्डौ, 2013/11/10

पहिलो पटक मल्टिप्लेक्सका दर्शक लक्षित फिल्म बनाएको बताउने निर्माता छबिराज ओझाको 'लोफर'ले दर्शकलाई हलसम्म तान्न कत्तिको सफल होला त ? अधिकांश फिल्मको बिजनेशबाट घाटा नबेहोरेका छबिको 'लोफर'ले पनि सफलता पाउनेमा अशावादी हुन सकिन्छ ।

 

आदित्य विक्रम लम्सालको डेब्यू निर्देशन रहेको कमर्सियल फिल्म 'लोफर'मा आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, शुशिलराज पाण्डे, रजनी केसी, ध्रुब कोईराला, अनुपम शर्मा, पवित्रा पोखरेल, अमित श्रेष्ठ, सागर लम्साल लगायतको अभिनय रहेको छ । फिल्ममा सोनाल सापकोटा, आदित्य विक्रम लम्साल र बाबु प्रधानको संगीत, चन्द्र पन्तको फाइट डिरेक्सन तथा मदन कास्यप घिमिरेको छायाँकन छ ।

 

आगामी मंसिर २१ गते देशका करिब १०० हलमा 'लोफर' रिलिज गर्ने तयारीमा छन्, निर्माता छबि । सिङ्गलबाट मल्टिप्लेक्स स्क्रिनमा जम्प गरेका छबिले यो फिल्मले सफलता पाए आगामी फिल्म पनि मल्टिप्लेक्स केन्द्रित नै बनाउने बताएका छन् ।

 

फिल्म सुटिङका केहि झलकहरू -

 

 

 

 

 

 

 

 

 

थप तस्विरहरू हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला

http://www.filmykhabar.com/pictures/536/