
विगत दुई बर्षदेखि टिटीभीसंगको सहकार्यमा हुँदै आएको चलचित्र प्राविधिक संघको नेफ्टा अवार्ड पुनः कान्तिपुर टेलिभिजनमा सरेको छ ।

अचानक स्वास्थ्यमा गडबडी भएपछि केहि दिन अगाडी काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी अभिनेत्री मनिषा कोईरालालाई क्यान्सर भएको बताईएको छ । टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाए अनुसार उनलाई अहिले मुम्बईको जसलोक अस्पतालमा भर्ना गरिएको छ ।

रमेश बुढाथोकीको नेतृत्व रहदा शून्य देखिने चलचित्र कलाकार संघमा फिल्मकर्मीहरुको चहलपहल बढ्न थालेको छ ।

साप्ताहिक टिभी कार्यक्रम रजतपटमा अर्न्तवार्ता दिंदै नायिका कार्कीले सुरेश दर्पण आफ्नो गड फादर भएको बताएकी छिन् । सिल्भर स्क्रिनमा डेब्यू गरेर उतारेकाले सुरेशलाई उनले गड फादर मानेकी हुन् ।

कलंकी हलका म्यानेजर मदन शाक्यले फिल्मसँग सम्बन्धित संघसंस्थाले आफूलाई दु:ख पर्दा पनि वास्ता नगरेकोमा आक्रोश व्यक्त गरेका छन् । आफूलाई समस्या परेको बेलामा फिल्मसँग सम्बन्धित संघसंस्थाले वेवास्ता गरेको प्रति उनले आक्रोश पोखेका हुन् ।

लभर व्याय भएर फिल्ममा देखिन लागेका रेशले केहि नर्भस समेत भएको बताए । उनले भने, 'जीवन साथी (आफूलाई माया गर्ने दर्शक) खोज्दै छु त्यसैले केहि नर्भस छु ।'