Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्दको बिरोध गर्दै फेसबुकमा फिल्मकर्मी

फिल्मीखबर, काठमाण्डौ, 2013/11/11

मंसिर ४ को चुनाव बिथोल्न वैद्य नेतृत्वको नेकपा माओवादी सहित ३३ दलले गरेको नेपाल बन्द आव्हानको चौतर्फी बिरोध भैरहेको छ । बन्दको बिरोधका स्वरहरु सामाजिक सञ्जाल फेसबुकमा छताछुल्ल भएका छन् ।

 

बन्दको बिरोधमा फिल्मकर्मी पनि फेसबुकमा सक्रिय देखिएका छन् । कलाकर्मीले तोडफोड र आगजनीको बन्दलाई फेसबुकमा यसरी आक्रोश पोखेका छन् । आफ्नो फेसबुक वालमा अभिनेत्री केकी अधिकारी लेख्छिन्- 'बन्दको कु-संस्कृतिको बिरोधमा एक हौं ।' नृत्य निर्देशक शंकर विसीले पनि बन्दको बिरोध गरेका छन् । निर्देशक विसी आफ्नो फेसबुक पेजमा लेख्छन्- 'बैद्य बाको बन्दले सार्‍है बोर भयो । ए बा ! सक्नुहुन्छ भने ३६५ दिन नै बन्द गर्नुस् न, किन दुई चार दिन मात्रै ?'

 

 

त्यस्तै 'नाइ नभन्नु ल २' को सुटिङ सेटबाट अभिनेत्री प्रियंका कार्कीले आफ्नो फेसबुक फ्यान पेजमा लेखेकी छिन्- 'बाटोमा गाडीहरु देख्दा मन खुसी भयो । सँगै हामीले पनि यस्तै गर्नुपर्छ । हजुरहरु बन्दमा निस्कनु भयो त ? बन्दको बिरोध गर्नुभयो त ?' 'सो सिम्पल' अभिनेता प्रमोद भारद्धाज बन्दको बिरोध गर्दै फेसबुक वालमा लेख्छन्- 'नेपाल बन्द गर्ने पार्टी र व्यक्ति जो कोही पनि देशद्रोही र आतंककारी हुन् । सबै देशप्रेमी जनता मिलेर प्रतिकार गर्न सिकौं, मैंले सिकिसकें ।'

 

राजनीति फिल्मकी अभिनेत्री कोमल ओलीले आफ्नो फेसबुक पेजमा बन्दलाई बन्द गर्रौ भन्ने फोटो सहितको स्टाटस लेखेकी छिन् । बन्दको अघिल्लो दिन मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बन्दलाई फिर्ता लिन अपिल पत्र नै सार्वजनिक गरेका थिए ।