करिब पाँच जनाको संख्यामा आएका अज्ञात व्यक्तिहरूको समूहले नेपाल चलचित्र विकास वोर्डको मारुती भ्यानमा ढुङ्गा मुढा गर्नुको साथै आगो लगाइदिएका छन् ।
करिब ३ बजेतिर चावहिल स्थित विकास वोर्डको कार्यालयमा पार्क गरिएको बा १ ज ६३६३ नम्वरको भ्यानमा आगजनी भएको वोर्डका प्रवत्ता अनुपम निरौलाले फिल्मीखबरलाई जानकारी दिए ।
प्रवत्ता निरौलाले भने- 'भ्यानमा लागेको आगोलाई नियन्त्रणमा ल्याइसकेका छौं । कुन उद्धेश्यले कस्ले भ्यानमा आगो लगायो ? यसबारे हामी अनविज्ञ छौं ।' ढुङ्गामुडा तथा आगलागीबाट भ्यानको सिसा फुट्नुका साथै पछाडीको सिट पूरै नष्ट भएका छन् । वोर्ड परिसरमा यतिबेला प्रहरी खटिएका छन् ।
विकास वोर्डमा भ्यान माथि भएको ढुङ्गामुडा तथा आगजनीलाई मंसिर ४ को निर्वाचन विथोल्ने प्रयासमा रुपमा लिइएको छ ।

