म्यूजिक भिडियो, मोडलिङ र टेलिफिल्म हुँदै ठुलो पर्दामा पाइला चालेकी अभिनेत्री गरिमा पन्त फिल्मको सेटमा नदेखिएको धेरै भैसक्यो । गरिमा गत साल 'झोला' फिल्मको सुटिङमा व्यस्त थिइन् । त्यसयता गरिमालाई कुनै पनि फिल्मको सुटिङमा देखिएको छैन ।
गरिमा अभिनित 'झोला' सहित 'पराई' र 'मनले मनलाई छुन्छ' फिल्म प्रदर्शनको पर्खाइमा छन् । विदेशमा गएर छायाँकन गर्नुपर्ने एक फिल्ममा मात्रै गरिमाले काम गर्ने कुरा भैरहेको छ । फिल्मबाट हराउनु भयो नि ? प्रश्न सोध्न नपाउँदै गरिमाले फिल्मीखबरको फोन गफमा भनिन्- 'म हराएको छैन । अहिले पढाइलाई नै ध्यान दिइरहेको छु ।' गरिमा हाल ग्रामिण विकास विषयमको मास्टर्स पहिलो वर्षको परिक्षा दिने तयारी गर्दैछिन् ।
करिब एक दर्जन फिल्ममा अभिनय गरेकी गरिमाले फिल्म नै नपाएकी हुन् त ? गरिमाले प्रष्ट्याइन्- 'फिल्म नपाएको भन्न मिल्दैन । मैले दुई वटा जति फिल्म चित्त नबुझेर छाडेको छु । खेल्न लायकको फिल्मको प्रस्ताव नै आएको छैन ।' पछिल्लो समय फिल्म निर्माण हुने शैलीले गर्दा आफु खाली बस्नु परेको कुरालाई गरिमा स्विकार्छिन् । अहिलेसम्म पर्दामा साधारण तथा सिम्पल भूमिका देखिएकी गरिमा भन्छिन्- 'जे पायो त्यहि फिल्म खेलेर व्यस्त हुनु छैन ।'
गरिमा अभिनित 'झोला' फिल्म सती प्रथामा आधारित छ । मास्टर्सको परिक्षा सकिए लगत्तै साँस्कृतिक कार्यक्रमका लागी विदेश जाने तयारी भैरहेको गरिमाले बताइन् । गरिमाले रोजे जस्तै फिल्ममा खेलाउन कुन निर्माता निर्देशक तयार छन् ?

