Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

`नाइ नभन्नु ल २`मा बर्षाले पाईन् `ब्रेक`

फिल्मीखबर, काठमाण्डौ, 2013/11/11

छायाँकनरत फिल्म 'नाइ नभन्नु ल २'मा निर्देशक विकास आचार्यले नयाँ अनुहार भित्र्याउँदै छन् । यसअघि 'नाइ नभन्नु ल' फिल्ममा ऋचा सिंह ठकुरीलाई ब्रेक दिएका विकासले यस पटक बर्षा सिवाकोटीलाई आफ्नो फिल्ममा ब्रेक दिएका छन् ।

 

 

हाल राजधानीमा छायाँकन भईरहेको यस फिल्मका लागि बर्षाले केहि दिनमा नै टेक दिने निर्देशक आचार्यले फिल्मीखबरलाई जानकारी गराए । बाल कलाकार सुज्ञानी भट्टराईलाई समेत नयाँ अनुहारको रूपमा पर्दामा ल्याउन लागेका आचार्यले बर्षाको भुमिका बारे अहिले केहि नभन्ने बताए ।

 

बिबिए दोस्रो बर्षमा अध्ययनरत बर्षाले प्रशन्न पौडेलको निर्देशनमा रहेको एक म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । सितापाईला निवासी बर्षाले यो क्षेत्रमा लागिरहने बताईन् । बर्षा र सुज्ञानीसँगै यस फिल्ममा प्रियंका कार्की, सुरज सिंह ठकुरी, अनुभव रेग्मी, जीवन लुईटेल लगायतको अभिनय हेर्न सकिनेछ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिच्दै छ्न् ।