Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

`बितेका पलले मेरो करिअरलाई ढलान गर्छ` : सुरज सुब्बा

फिल्मीखबर, काठमाण्डौ, 2013/11/17

जातीय विभेद विरुद्धको फिल्म `बाटो मुनिको फूल`ले निर्देशक सुरज सुब्बा नाल्बोलाई रातारात हिट निर्देशक बनाइदियो । `सायद` फिल्म पनि हिट भैदिइपछि सुरज 'ए वन' निर्देशकमै काउन्ट भए ।

 

तर, सुरज निर्देशित पछिल्लो फिल्म 'फेसबुक'ले नसोचेको असफलता पाएपछि निर्देशक नाल्बोको निर्देशकीय क्षमतालाई लिएर रजतपटमा अनेकथरी टिकाटिप्पणी भए । यद्पी निर्देशक नाल्बो पछिल्लो समयका व्यस्त निर्देशक हुन् । निर्देशक नाल्बोका फिल्म यतिखेर पोष्ट र प्रदर्शनको क्रममा छन् । प्रदर्शनको क्रममा रहेको निर्देशक नाल्बो निर्देशित फिल्म 'बितेका पल'लाई रजतपटमा प्रतिक्षित फिल्मको रुपमा हेरिंदैछ ।

 

आफ्नै कथा एवं पटकथा रहेको 'बितेका पल'लाई लिएर निर्देशक नाल्बो पनि निकै आशावादी देखिएका छन् । सत्य प्रेमको घटनालाई 'बितेका पल'ले मुख्य विषय बनाएको जानकारी दिदैं निर्देशक नाल्बो भन्छन्- 'बितेको पलले मेरो फिल्म करिअरको जगलाई ढलान गर्नेछ ।' हाल 'वान वे' फिल्मको पोष्ट प्रोडक्सनमा व्यस्त नाल्बो थप्छन्- 'फिल्मले दर्शकलाई बाँध्नेछ । दर्शकलाई फिल्म मन पर्नेमा म ढुक्क छु ।'

 

निर्देशक नाल्बोले 'बितेका पल'को व्यापार पनि धमाकेदार हुनेमा विश्वास व्यक्त गरे । भन्छन्- 'निर्माताले यस फिल्मबाट घाटा खाने छैनन् ।' केकी अधिकारी, अभिनाश गुरूङ, बाबु बोगटी, आकाश खवास लगायतको अभिनय रहेको फिल्मलाई राजेश घतानी र कृष रिजालले संयुत्त रुपमा निर्माण गरेका हुन् ।

 

फिल्ममा संगीत बाबु बोगटी सहित डम्वर नेपाली र मोहित मुनालको छ । हरि लामा यस फिल्मका छायाँकार हुन् । 'बितेका पल'मा भौतिक द्धन्द्धको दृश्य राखिएको छैन । 'बितेका पल' रिलिज हुने मितिमा हाँस्य कलाकारहरुको फिल्म 'छ एकान छ' पनि प्रदर्शन हुँदैछ । दुई फिल्म बिचको भिडन्तलाई यतिखेर अर्थपूर्ण तरिकाले हेरिंदैछ ।