चुनावपछि बाँकी ९० प्रतिशत सुटिङ गरिने फिल्म 'लम्फू'को रोमान्टिक गीत रेकर्डिङ गरिएको छ । नक्सालस्थित साउन्ड डिजाइन स्टुडियोमा गायक राजेश पायल राई र रिजा उप्रेतीले 'लम्फू'को गीतमा स्वर दिएका हुन् ।


तस्विरहरू : सुशिल पौडेल
'माया त दिउँला तिमीलाई जुनीभर...' बोलको गीतका लेखक दयाराम पाण्डे हुन् । अर्जुन पोखरेलको संगीतमा फिल्मका अन्य दुई गीतमा गायकद्धय शिव परियार र प्रमोद खरेलले स्वर रेकर्ड गराइसकेको निर्माता शक्तिवल्लब घोरासैनीले फिल्मीखबरलाई जानकारी दिए । शक्तिले यसअघि निर्माण गरेको फिल्म 'किन लाग्छ माया'बाट घाटा खानु परेको थिएन । 'किन लाग्छ माया'कै निर्देशक गोपालचन्द्र लामिछाने 'लम्फू'का निर्देशक हुन् ।
फिल्ममा लम्फूको क्यारेक्टरमा निर्देशक सुदर्शन थापा प्रस्तुत हुँदैछन् । अशिक्षित युवा वेरोजगारको मुख्य कथा रहेको फिल्ममा सुर्दशन बाहेक अन्य कलाकार फाइनल भैसकेका छैनन् । अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहने फिल्ममा दिपक बज्राचार्यको क्यामेरा छ । सबै वर्गका दर्शक लक्षित फिल्मलाई नयाँ वर्षमा रिलिजको लक्ष्य राखिएको छ ।

