सुपर हिरोको कथा बोकेको हिन्दी फिल्म 'क्रिष ३'को चर्चा सेलाउन नपाउँदै नेपालमा नेपाली सुपर हिरोको चर्चा हुन थालेको छ । सुपर हिरोको कथा बोकेको फिल्म 'सौर्य'मा अभिनेता सौगात मल्ललाई सुपर हिरोको रूपमा देख्न सकिन्छ ।
आफूलाई हरेक किसिमको पात्रमा ढाल्न सक्षम 'लुट' फिल्मका हाकु काले अर्थात सौगातले 'सौर्य'मा निर्वाह गरेको भुमिका आफ्नो लागि निकै च्यालेञ्जिङ रहेको बताएका छन् । 'मैले आफ्नो भुमिकालाई पूर्णरूपमा न्याय दिने प्रयास गरेको छु,' सौगातले भने- 'दर्शकले फरक किसिमको स्वाद पाउनुहुनेछ ।'
यस्तै फिल्ममा ऐतिहासिक पृष्ठभुमीमा आधारित रहेर पृथ्बीनारायण शाहको लुकमा देखिएका अभिनेता राजेश हमाललाई 'सौर्य'मा छोटो तर महत्वपूर्ण भुमिकामा देख्न सकिन्छ । राजेशले आफूले निर्वाह गरेको भुमिका र गेटअप निकै मन परेको बताउँदै आएका छन् । यस्तै फिल्ममा अर्का अभिनेता अनुप बिक्रम शाही पनि मुख्य भूमिकामा छन् । उनलाई अनस्क्रिन साथ अभिनेत्री हेमा श्रेष्ठले दिएकी छिन् ।
यहि मंसिर २८ गते सार्वजनिक हुन लागेको यो फिल्मलाई मार्कन्ड्य दीपविम बस्नेतले निर्देशन गरेका हुन् । फिल्मलाई हाकिम इन्टरटेन्मेन्टको व्यानरमा सुरेन्द्र गुरूङले निर्माण गरेका हुन् । रामेश्वर कार्कीको छायाँकन रहेको यस फिल्मलाई चन्दन दत्त र विशाल कोईरालाले सम्पादन गरेका हुन् भने द्धन्दनिर्देशन शंकर महर्जन, संगीत सिकफोर बिट्सको रहेको छ । फिल्मका लेखक सुवास सिंह बस्न्यात हुन् ।
फिल्मका केहि तस्विरहरू हेर्नुस्
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

