Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

टुल्केको पहिलो अनुहार सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2013/11/17

'लुट' फिल्म निर्देशक निश्चल बस्नेतको दोस्रो प्रोजेक्ट 'टलकजंग भर्सेस टुल्के'को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका पात्रको अनुहारलाई मात्र देखाउन खोजिएको छ ।

 

शुशांक मैनाली, ऋचा शर्मा, दयाह्याङ राई, खगेन्द्र लामिछाने, रविन्द्र वाँनिया लगाएतको अभिनय रहेको डार्क कमेडी यस फिल्मलाई निर्देशक बस्नेतकै ब्ल्याक हर्स कम्पनीको प्रस्तुतीमा रबिन्द्र बाँनियाले निर्माण गरेका हुन् । निर्देशक बस्नेत पनि फिल्मका निर्माता हुन् ।

 

शिवरात्रीमा प्रदर्शन गर्ने बुझिएको यस फिल्मको छायाँकन काठमाण्डौ र पोखरामा गरिएको हो । फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । लुटमा सौगात मल्ललाई हाकु कालेको रूपमा चर्चित बनाएका निश्चलले टुल्केमा कुन पात्रलाई चर्चित बनाउलान् त ? हेर्न बाँकी छ ।