Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पम्फाको वर्थडे विस पाएका डिसी भन्छन्- `हामी फिल्म बनाउने फ्याक्ट्री हैनौं

फिल्मीखबर, काठमाण्डौ, 2013/11/17

धापासीको स्थायी वासिन्दा निर्देशक डिसीले मंसिर २ गते आफ्नो ४७ औं जन्मदिन सेलिव्रेट गरेका छन् । वि.सं. २०६२ सालदेखि फिल्म निर्देशनमा लागेका डिसीले ८ वर्षको बिचमा ४ वटा फिल्म मात्रै निर्देशन गरेका छन् । सावधान, दाइको ससुराली र मायाज बारका निर्देशकको 'छ एकान छ' पौष २६ गते प्रदर्शन हुँदैछ ।

 

 

नक्सालस्थित गीत रेकर्डिङ स्टुडियोमा निर्देशक डिसीले आफ्नो वर्थडे केक काटेनन् । तर, काटिएको वर्थडे केक भने निर्देशक डिसीले उपस्थित फिल्मकर्मीहरूलाई चखाए । हरिवंश आचार्य, किरण केसी, निर्मल शर्मा, दिपकराज गिरी, दिपाश्री निर्रौलासँग जन्मदिनको कामना थाप्दै निर्देशक डिसीले वर्थडे केक खुवाए । तर, वर्थडे केक कहाँ ? कस्ले काटिदियो ? उनले खोल्न जरुरी ठानेन् ।

 

'पोहोर साल ५ वटा केक काटेको थिएँ, अहिले २ वटा भैसक्यो । साँझसम्म कतिवटा पुग्छ थाहा छैन,' छ एकान छको पोष्ट प्रोडक्सनमा व्यस्त निर्देशक डिसीले भने- 'जन्मदिनको कुनै खास कार्यक्रम छैन । साँझसम्म फिल्मकै काममा व्यस्त हुन्छ ।'

 

 

चुनाव विरोधी नेकपा-माओवादी पार्टीका प्रवत्ता पम्फा भूषालले आफुलाई पहिलो वर्थडे विस गरेको निर्देशक डिसीले सुनाए । उनले भने- 'बाह्र बज्नै लाग्दा उहाँले वर्थडे विसको म्यासेज मोबाइलमा पठाउनु भएको थियो । म उहाँलाई दिदी भनेर सम्बोधन गर्छु ।'

 

जन्मदिनमा गफिने क्रममा निर्देशक डिसीले आफुलाई एउटा फिल्म निर्देशन गर्न कम्तीमा डेढ वर्ष समय लाग्ने बताए । उनले भने- 'हामी फिल्म बनाउने फ्याक्ट्री हैनौं । महिनै पिच्छे फिल्म बनाइराख्न ।' बलिउडका करण जोहरको उदाहरण दिदैं उनले थपे- 'करण जोहरले फिल्म बनाउन नसक्ने हो र ? तरपनि ऊ वर्षको एउटा मात्रै फिल्म निर्माण गर्छ ।'

 

 

निर्देशक डिसीले 'छ एकान छ' रिलिज पछि भने अर्को फिल्मको सुटिङ सुरु गर्ने जानकारी दिए । फिल्मको तयारी भैरहेको बताउने निर्देशक डिसीले अर्को प्रोजेक्ट बारे केही पनि खोल्न चाहेनन् । निर्देशक डिसीका हरेक कदमसफल रहुन्, जन्मदिनमा फिल्मीखबर परिवार यही कामना गर्दछ ।