Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरिवंशले भने- `क्याल्सियमले पनि मेरो हाइट बढेन`

फिल्मीखबर, काठमाण्डौ, 2013/11/17

छ एकान छ मेरो माया तिम्लाई छ

मैंले रिक्वेस्ट पठाको अझै पेन्डिङ् छ

मेरो माया तिम्रो दिलमा सेट गर

होइन भने आजै डिलिट गर

क्याल्सियमको बोतल सारा खाली भयो

मेरो हाइट बढेन.....

 

कार्तिक २७ गते ५६ औं जन्मदिन सेलिव्रेट गरेका हाँस्य अभिनेता हरिवंश आचार्य नक्सालस्थित भर्जिन भ्वाइस स्टुडियोमा माथि उल्लेखित शब्दमा आफ्नो स्वर रेकर्ड गराउन व्यस्त थिए । कलाकार तथा निर्माता दिपकराज गिरीले लेखेको शब्द तथा राजन इशानको संगीतमा हरिवंशले झन्डै १ घण्टा लगाएर गीत रेकर्ड गराए ।

 

 

गीत रेकर्ड गर्दै गर्दा हरिवंश भन्दै थिए- 'रियाज गर्ने बानी नभएर केही कठिन भैरहेको छ ।' तर हाइ स्केलमा भने आफु राम्रैसँग गाउन सक्ने उनले बताए । गीत गाउन उमेरको छेकबार नहुने तर्क गर्ने हरिवंशले भने- 'म बढी हाँस्य व्यङ्ग्य तिरै व्यस्त भएँ । त्यसैले गीत गाउनतिर त्यती ध्यान गएन ।' यदपी हरिवंशले स्वर दिएको साझा बसमा जो पनि चढ्दछ, हाम्री आमा सार्‍है नै बाठी छिन्, सारङ्गी रेटौंला जस्ता गीतहरु चर्चित मानिन्छन् ।

 

 

आफ्ना अघिल्ला गीत जस्तै हरिवंशले 'छ एकान छ'को गीत मात्रै नभएर फिल्म नै पनि हिट हुने विश्वास व्यत्त गरे । हरिवंशले आशा व्यत्त गरे- 'फिल्मले ६ करोड भन्दा माथिको व्यापार गरोस्, मेरो शुभकामना ।' हरिवंशले गीत गाएको भिडियो फिल्मको प्रचारमा समेत प्रयोग गरिने कलाकार तथा निर्माता दिपकराज गिरीले बताए । दिपकले भने- 'नेपालका हस्ती हाँस्य कलाकारहरु फिल्ममा नछुटुन भन्ने हाम्रो योजना छ ।'

 

 

त्यस्तै फिल्मीकी सह-निर्देशक दिपाश्री निर्रौलाले फिल्मको संगीतदेखि हरेक पक्ष उत्कृष्ट भएकाले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यत्त गरिन् । फिल्मका मुख्य ६ जना कलाकार दिपकराज गिरी, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल र सन्दिप क्षेत्रीले पर्दामा गाउने शिर्ष गीतमा हरिवंशसँगै अर्का हाँस्य कलाकार किरण केसी र फिल्मका निर्देशक दिनेश डिसीले पनि स्वर दिएका छन् ।

 

 

फिल्मलाई तीतो सत्यका गैंडा अर्थात निर्मल शर्माले निर्माण गरेका हुन् । दिनेश डिसी निर्देशित फिल्ममा निता ढुङ्गाना सोलो हिरोइनका रुपमा छिन् । यो फिल्म यहि पौष २६ गते रिलिज हुँदैछ ।