Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

संविधान सभा चुनाव : कुन क्षेत्रबाट कुन कलाकारले हाल्दैछन् भोट ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/18

दोस्रो संविधान सभाको चुनावमा भोट खसाल्न अब दिन हैन घण्टाको गन्ती सुरु भएको छ । संविधान लेख्ने चुनावदेखि देशका कलाकार पनि टाढा छैनन् । तर, केही कलाकार भने फोटो सहितको मतदाता पत्रमा नाम नलेखाएर पछुतो मानेका छन् ।

 

भोटर लिस्टमा नाम नभएकै कारण अभिनेत्री रेखा थापाले प्रत्यक्ष चुनाव लड्न हातमा आएको टिकट एमाओवादीलाई फिर्ता गर्न बाध्य भइन् । अन्य थुप्रै कलाकार पनि मतदाता नामावलीमा नाम नलेखाएकाले मनमा खिन्नता लिएर बसिरहेका छन् । तर, बेलैमा ख्याल गर्ने कलाकार भने दोस्रो संविधान सभाको निर्वाचनमा मन पर्ने पार्टी र उम्मेरदवारलाई भोट खसाल्न उत्साहित छन् ।

 

अभिनेता राजेश हमाल काठमाडौं क्षेत्र नं ६ बाट भोट खसाल्दै छन् । अघिल्लो संविधान सभाको चुनावमा पनि भोट खसालेका हमाल सबै मतदातालाई भोट खसाल्न आग्रह समेत गर्दछन् । राजेश हमाल भिड कम भपएछि मंसिर ४ को चुनावमा भोट खसाल्न जाने सोचमा छन् ।

 

अभिनेत्री करिश्मा मानान्धरले पहिलो पटक भोट खसाल्दै छिन् । त्यसैले करिश्मा उत्साहित भन्दा पनि आश्चर्यमा छिन् । काठमाडौं क्षेत्र नम्वर ३ बाट भोट खसाल्दै गरेकी करिश्मा भन्छिन्- 'राम्रो व्यक्ति हेरेर भोट दिन्छु ।' बितेका पल अभिनेत्री केकी अधिकारीले पनि क्षेत्र नं ३ बाटै भोट खसाल्दै छिन् । पहिलो पटक भोट हाल्न लागेकी केकीले राम्रो सोच भएको उम्मेरदवारलाई भोट हाल्ने बताइन् ।

 

अभिनेता गजित विष्टले काठमाडौं क्षेत्र नं १ बाट भोट खसाल्दै छन् । पहिलो पटक भोट हाल्न उत्साहित देखिएका मायाज बार हिरो भन्छन्- 'पार्टी भन्दा पनि मन पर्ने उम्मेरदवार हेरेर भोट दिन्छु ।' नाइँ नभन्नु ल २ को सुटिङमा व्यस्त अभिनेत्री प्रिय्रंका कार्कीको प्रत्यक्ष तर्फको भोट काठमाडौं क्षेत्र नम्वर ४ का नेपाली काङ्ग्रेसमा उम्मेरदवार गगन थापालाई जाँदैछ । समानुपातिक तर्फ कस्लाई भोट दिने भन्नेमा सोचमग्न रहेकी प्रियंका भन्छिन्- 'मैले पार्टी भन्दा पनि व्यक्ति हेरेर गगन थापालाई भोट दिन लागेको हुँ ।'

 

अभिनेता दिलिप रायमाझी भने काठमाडौं क्षेत्र नं १० बाट भोट खसाल्दै छन् । अघिल्लो पटक व्यस्तताले भोट खसाल्न नपाएका दिलिप दोस्रो संविधान सभामा भोट हाल्न भने निकै उत्साहित रहेको बताउँछन् । उनी भन्छन्- 'परिवारसँगै भोट हाल्न जान्छु ।' चितवन स्थायी घर भएपनि अभिनेत्री वेनिशा हमाल काठमाडौं क्षेत्र नं ९ बाट भोट खसाल्दै छिन् । अघिल्लो चुनावमा उनले गृहजिल्ला चितवन ५ बाट भोट हालेकी थिइन् । लाइनमा बस्न दिक्क मान्ने वेनिशाले भिड कम हुने समय मध्यन्हमा भोट हाल्ने बताइन् ।