सार्वजनिक हुने तयारीमा रहेका फिल्म कस्तो होला ? भनेर दर्शकलाई अनुमान लगाउन खासै गार्हो पर्दैन । पब्लिसिटीको रूपमा सार्वजनिक हुने प्रोमो, पोस्टर, गीत तथा तस्विरहरूले फिल्मको बिषयबस्तु र प्रस्तुती झल्काउँछ ।
यहि मंसिर १४ गते रिलिज हुन लागेको फिल्म 'उर्वशी'का यसअघि प्रोमो, गीत तथा पोस्टर सार्वजनिक भईसकेका छन् । फिल्म कस्तो होला ? दर्शकले अनुमान लगाईसक्नु भएको हुनुपर्छ । यदि अनुमान लगाउन कठिन परेको छ भने प्रस्तुत तस्विरहरू हेर्नुहोस् ।
सामाजिक कथालाई फिल्ममा ढालेका निर्देशक मनिष पन्थले आफ्नो फिल्म समय सापेक्ष रहेको भन्दै दर्शकलाई मन पर्ने विश्वास राखेको बताए । प्रेमकथालाई समेत प्राथमिकता दिईएको यो फिल्मलाई खगेश्वर पुनले निर्माण गरेका हुन् । फिल्ममा निता ढुंगाना, किशोर खतिवडा, किशोर श्रेष्ठको मुख्य भूमिका रहेको छ भने अभिनेत्री अरूणिमा लम्साल अतिथी भूमिकामा देखिने छिन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

