Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

बर्षात हिरो चलेकै हुन् त ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/18

फिल्म हिट होस् या फल्प ? नेपाली कलाकारको व्यस्ततालाई खासै यसले असर गरे जस्तो देखिंदैन । अभिनेता आर्यन सिग्देलका फिल्म हिट भन्दा फल्प बढी छन् । तर, आर्यन फिल्म नपाएर खाली बस्नु परेको छैन । यस्तै खाली नबसेका अभिनेता हुन्, निर्मल सेन्चुरी ।

 

 

शुरूमा रेखा फिल्मस्को फिल्ममा खेल्ने भनेर चर्चामा आएका निर्मलले अतिथी भुमिका निर्वाह गरेको 'नाईट क्विन' फिल्म सहित 'वर्षात' फिल्म मात्रै प्रदर्शनमा आएको छ । तर, निर्मल यतिखेर फिल्मको सुटिङमा निकै व्यस्त छन् । भर्खरै 'सिसा' फिल्मको सुटिङ सकाएका निर्मलले रजतपटमा आएको दुई वर्षमै करिब एक दर्जन फिल्ममा अभिनय गरिसकेका छन् ।

 

बाग्लुङको स्थायी बसोबासलाई राजधानीतिरै सार्ने तयारी गरिरहेका निर्मल भन्छन्- 'सायद मेरो मेहनत र इमान्दारीले निर्माता निर्देशकको आँखामा पर्न सफल भएको छु ।' दुईवटा भोजपुरी फिल्ममा समेत अभिनय गरेका निर्मलले आफैंले बनाएको 'आइ लभ यू टु' सहित 'मिसन फर ट्वान्टी', 'तनाव', 'मिस्टेक', 'सिसा' लगायतका फिल्म प्रदर्शनको क्रममा छन् । सिङगल रहेका निर्मलले केही राम्रा प्रोजेक्टमा काम गर्ने कुरा भैरहेको बताए ।

 

फिल्मीखबरसँगको एक भेटमा अभिनेता सेन्चुरीले अमेरिकामा रहेका नेपालीलाई नेपाली संस्कृतीको प्रबर्द्धन गर्न आफु लागी परेको समेत सुनाए । अभिनेत्री सृजना बस्नेत निर्देशित फिल्म 'गुड लक' मार्फत हिरो भएका एनआरएन नवराज श्रेष्ठसँगको सम्पर्कमा अमेरिकामा नेपाली संस्कृतिको प्रबर्द्धन गर्न जुटेको सेन्चुरीले बताए ।

 

'अमेरिका नेपाल टिभी मार्फत नेपाली फिल्म र संस्कृतीलाई जगेर्ना गर्ने हाम्रो प्रयास हो', निर्मलले भने । पाँच सय भन्दा बढी सदस्यता भएको अमेरिका नेपाल टीभी २४ घन्टा प्रसारण हुने गर्दछ ।