Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिस नेपाल विवाद | `शुभेच्छाले `इमोश्नल ब्ल्याक मेल` गरिन्` : क्षितिजा शाक्य

फिल्मीखबर, काठमाण्डौ, 2013/11/18

प्रदर्शनको क्रममा रहेको फिल्म 'मिस नेपाल'का कलाकार क्षितिजा शाक्य र लगानीकर्ता समेत रहेकी शुभेच्छा थापाबिच विवाद उत्पन्न भएको छ । जुन विवाद सामाजिक सञ्जाल फेसबुकमा छरपस्ट देखिएका छन् ।

 

मिस नेपालबाट शुभेच्छाले आफुलाई आउट गर्न खोजेको भन्ने आरोप क्षितिजाले लगाएकी छिन् । आरोपको प्रतिवाद गर्दै निर्मात्री तथा अभिनेत्री थापाले पनि आफ्नो फेसबुक वालमा लामै स्टाटस पोस्ट गरेकी छिन् । जुन पोस्टमा एउटी युवतीलाई विश्वास गर्नाले आफैंलाई घाटा भएको उल्लेख गरिएको छ ।

 

विवादको विषयमा बुझ्दा अभिनेत्री क्षितिजा शाक्यले फिल्मीखबर समक्ष भनेकी छिन्- 'सेन्टिमेन्ट टच दिएर मलाई फिल्ममा खेल्न बाध्य बनाइयो ।' मिस नेपालबाट आफु पुरै आउट हुने बताउँदै उनले भनिन्- 'एउटी महिलाले निर्माण गर्न लागेको फिल्मलाई सहयोग गर्रौं भन्ने लागेर फिल्म खेलेको थिएँ तर उनले मलाई पुरै फिल्मबाट आउन गर्न खोजिन् ।'

 

सुटिङ पूर्व आफुलाई स्क्रिप्ट उपलब्ध नगराएको र कुनै सम्झौता पत्र नभएकाले आफ्नो दृश्य फिल्मबाट हटाइएको बारे कानुनी बाटो भने नखोज्ने क्षितिजाले स्पष्ट पारिन् । उनले भनिन्- 'मलाई कुनै मुद्धा मामला गर्नु छैन । शुभेच्छा थापा मुखमा रामराम बगलीमा छुरा गर्ने खालको मान्छे रहेछ । त्यसकाण मेरो सम्बन्ध फिल्म र शुभेच्छासँग रहने छैन ।'

 

 

फिल्मबाट आफ्नो दृश्य हटाएको खबर पाएपछि सिने जोन स्टुडियोमै गएर क्षितिजाले निर्मात्री शुभेच्छासँग भनाभन गरेकी थिइन् । फिल्ममा आफ्नो स्वर रेकर्ड गराइसकेकी क्षितिजाले पारिश्रमिक भने पाइसकेको बताइन् ।

 

मिस नेपाल टाइटलकी क्यारेक्टर तथा निर्मात्री शुभेच्छा थापाले भने क्षितिजाले लगाएको आरोप स्विकार गरिनन् । शुभेच्छा भन्छिन्- 'फिल्ममा कसको कति दृश्य राख्ने त्यो निर्देशक र निर्माताको अधिकारको कुरा हो । क्षितिजा जीले भने जस्तो उहाँको सबै सिन हटाइएको छैन । फिल्मको कथा अनुसार नै दृश्य राख्ने र काट्ने गरिएको छ ।'

 

क्षितिजा शाक्य (बाँया) र शुभेच्छा थापा

 

सुरेन्द्र तुलाधर निर्देशित फिल्मलाई फागुनतिर प्रदर्शन गर्ने लक्ष्य राखेकी शुभेच्छाले सेन्सर नै पास नहुने केही दृश्यहरु भने काटिएको स्विकार गरिन् । जुन दृश्यमा क्षितिजा थिइन् । स्क्रिप्ट नहेरेरै सुटिङ गर्नु आफ्नो भन्दा पनि क्षितिजाकै भूल रहेको समेत शुभेच्छाले तर्क गरिन् । उनी भन्छिन्- 'उहाँले पुरै फिल्म हेरेपछि पब्लिसीटिमा साथ दिनुहुनेछ । उहाँले सहयोग गर्नुभयो म आभारी छु ।'

 

मिस नेपालका दुई कलाकार बिच भएको विवाद पब्लिसीटि फन्डा हो या साँच्चिकै असन्तुष्टी ? यो कुरा उनीहरु नै जानुन् ।