सविन श्रेष्ठ र सुष्मा कार्की पहिलो पटक फिल्म 'संजोग'मा अनस्क्रिन रोमान्स गर्दैछन् । बेद प्रसाद भुर्तेलले निर्देशन गर्ने फिल्ममा सविन र सुष्माले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् ।
.jpg)
सविनसँग अनस्क्रिन रोमान्स गर्न उत्साहित देखिएकी सुष्माले फिल्ममा आफ्नो अभिनय रहने कुराको फिल्मीखबरलाई पुष्टी गरिन् । अपरिचित युवतीले मोबाइलमा दिने गरेको धम्कीबाट केही दिन तनावमा रहेकी सुष्मा भन्छिन्- 'फिल्मकी मुख्य हिरोइन म नै हुँ । कथा चित्त बुझेर फिल्म खेल्न राजी भएकी हुँ ।'
सुष्मा अभिनित पछिल्लो फिल्म 'बिन्दास २' प्रदर्शनमा आएको थियो । जुन फिल्मको व्यापार मध्यम रह्यो । पूर्वी क्षेत्रमा 'दमदार' फिल्मको सुटिङमा व्यस्त सविन र विन्दास हिरोइन सुष्मासँगै प्रज्जवल गिरी पनि फिल्ममा अभिनय गर्दैछन् । फिल्म पूर्ण रुपमा प्रेमकथामा आधारित रहने जानकारी छ ।
.jpg)
'संजोग'को सुटिङ यही मंसिर १० गतेबाट प्रारम्भ हुने बताइएको छ । फिल्मको सुटिङ स्थल पनि पूर्वी क्षेत्र नै रोजिएको छ । 'संजोग'लाई हरिनारायण चौधरीले खिच्नेछन् । उमेश उप्रेती र रोशन उप्रेतीको संयुक्त लगानी रहने फिल्ममा पटकथा एवं संवाद निर्देशक भुर्तेलकै छ ।
ह्यान्सी सविन र हट सुष्माको रोमान्सलाई दर्शकले रुचाउँलान् ? फिल्म रिलिज पछि नै थाहा होला ।

