ओस्कार अवार्डको लागी नोमिनेशनमा परेको फिल्म 'सुनगाभा'को आईतबार हेटौंडामा बिशेष सो गरिएको छ । केही समय अगाबै प्रदर्शन आएको यो फिल्मलाई हेटौंडाका बिशेष भिआईपी बर्गका दर्शकहरुको अनुरोधमा ओम्याक्स हल घर हेटौंडामा प्रर्दशन गरीएको हो ।
.jpg)
कार्यक्रममा फिल्मका निर्देशक सुवर्ण थापा, गैर आबासिय नेपाली संघ एनआरएन बेल्जिएमका सहदेश गौतम, निर्माता बितरक नरेन्द्र मर्हजन, कलाकार भोलाराज सापकोटा, उधोग बाणिज्य महासंघ मध्यमाञ्चल क्षेत्रिय अध्यक्ष अरुणराज सुमार्गी लगाएतका बिभिन्न तहतप्काका दर्शकहरुको उपस्थिती रहेको थियो ।
फिल्म हेरे पश्चात सबैले 'सुनगाभा' सुन जस्तै सुगन्ध बनेको बताएका छन् । फिल्मको बिषयबस्तु र प्रस्तुतीकरणबाट प्रभाबित बनेका दर्शकहरुले फिल्मको खुलेरै प्रशंशा गरेका थिए । यस्तै गएको शुक्रबार राजधानीको ठमेलमा पनि समलिंगी युवतीको कथा बोकेको यो फिल्मको बिशेष प्रदर्शन गरिएको थियो । सडक बालबालिकाको सहयोगार्थ फिल्मको बिशेष प्रदर्शनी गरिएको हो ।

विश्व प्रसिद्ध ओस्कार अवार्डको प्रतिश्पर्धाका लागि नेपालबाट प्रतिनिधित्व गरेको यो फिल्मलाई निर्देशक थापाले नेपालका हलमा पुन: रिलिज गर्ने बताएका छन् । यो करिब एक बर्ष अगाडी सार्वजनिक प्रदर्शनमा आएको थियो ।

