स्टार हुने सपना देख्नेहरुको भिडमा फिल्म 'समय'बाट वर्ष ०६९ सालमा अभिनेत्री सुरभी जैन विष्ट नेपाली रजतपटमा भित्रिइन् । प्रौढ अभिनेत्री मौसमी मल्लले निर्माण गरेको फिल्म 'समय' व्यापारिक रुपमा खासै चलेन । फिल्मै नचलेपछि सुरभी चल्ने कुरै भएन ।
डेव्यु भएको झन्डै एक वर्ष पुग्न लाग्दा सुरभीले गोविन्द राई निर्देशित 'नागबेली' बाहेक कुनै पनि फिल्ममा अभिनय गरेकी छैनन् । पहिलो फिल्म नै नचलेर खाली बस्नु परेपछि केही मिडियाले सुरभीलाई फल्प हिरोइन भन्न थालेछन् । यस वर्षको जन्मदिनमा आँखा दान गर्ने निर्णय गरेकी सुरभीलाई फल्प हिरोइन भनेको मन परेनछ कि क्या हो, फेसबुक वालमा उनको गर्जन स्टाटस अपडेट भएको छ ।
सुरभीले आफ्नो स्टाटसमा आफू धेरै फिल्म नगर्ने र संख्यामा भन्दा गुणस्तरमा विश्वास भन्दै फ्लप हिरोईनको ट्याग राख्न नचाहेको उल्लेख गरेकी छिन् । फेसबुक स्टाटसमा राम्रो व्यानर र निर्देशकको मात्रै फिल्म खेल्ने भनी लेखेकी फल्प भनिएकी सुरभीलाई कुन राम्रो व्यानर र निर्देशकले फिल्म खेल्ने प्रस्ताव गर्ने हुन् ? यो पनि सुरभीले फेसबुक स्टाटसमा लेख्छिन् कि !

