Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्राईडे रिलिज : उर्वशीसँगै कोही त छ

फिल्मीखबर, काठमाण्डौ, 2013/11/28

इलेक्सन ह्याङ्मा रहेका दर्शकलाई फ्रेस गराउन यो साता (१४ गते, शुक्रबार) दुई नेपाली फिल्म अल नेपाल प्रदर्शनमा आउँदैछन् । दोस्रो संविधान सभाका निर्वाचनमा करिब दुई साता जस्तो बन्दको अवस्थामा रहेका फिल्म हलमा यो साताबाट भने दर्शकको भिड लाग्ने अपेक्षा गरिएको छ ।

 

 

काठमाडौं र मोफसलका पर्दामा प्रदर्शन हुने 'उर्वशी'को टाइटल क्यारेक्टरमा अभिनेत्री निता ढुंगाना छिन् । मनिष पन्थ निर्देशित यस फिल्ममा गाला रातै गर्ल ढुंगानासँगै किशोर खतिवडा, नव कलाकार किशोर श्रेष्ठको मुख्य भूमिका छ । अभिनेत्री अरूणिमा लम्साललाई पनि 'उर्वशी'मा अतिथि कलाकारको रुपमा देख्न सकिनेछ । माया प्रेम, विछोड र द्धन्द्धका दृश्य मन पराउने दर्शकलाई 'उर्वशी' गतिलो फिल्म बन्न सक्छ । फिल्ममा खगेश्वर पुनको लगानी छ ।

 

उर्वशीसँगै देशका पर्दामा फिल्म 'कोही त छ' पनि यसै साताबाट प्रदर्शनमा आउँदैछ । रामजी लामिछाने निर्देशित यस फिल्ममा अभिनेत्री झरना थापा, राजवल्लव कोइराला, मुकेश आचार्य लगायतको मुख्य भूमिका छ । 'कोही त छ' फिल्म प्रेमकथामा आधारित छ ।