पाठेघरमा लागेको क्यान्सरलाई पराजय गरेर सामान्य जीवनमा फर्किएकी अभिनेत्री मनिषा कोइराला र्याम्प शो देखिएकी छिन् । केही महिना अघि जन्डिसबाट प्रभावित भएकी मनिषा गत साता मुम्बइमा सम्पन्न एक इभेन्ट्समा वाक गरिन् ।

मनिषाको उक्त र्याम्प वाक क्यान्सरबाटै बुवा र एक आफन्त गुमाएका डिजाइनर मेहेका मिरापुरीको लागी थियो । मेहेकाले यो र्याम्प शो एक क्यान्सर अस्पतालको सहयोगार्थ आयोजना गरेका हुन् । दिपिका पादुकोण र रणवीर सिंह स्टारर रामलीला फिल्मको प्रिमियरमा मनिषा पनि सहभागी भएकी थिइन् ।
स्वास्थ्य स्थिति पूर्ण रुपमा ठिक भएपछि मनिषा आउँदो डिसेम्वर महिनाबाट अभिनयमा पनि व्यस्त हुने जानकारी छ । आफु क्यान्सरको सिकार भएपछि मनिषाले क्यान्सर रहित समाज निर्माणको लागी विभिन्न सभा गोष्ठी तथा समारोहमा सहभागी भैरहेकी छिन् । नेपालमा सम्पन्न अन्र्तराष्ट्रिय क्यान्सर गोष्ठीमा पनि मनिषाले एक वक्तव्य राखेकी थिइन् ।

