
अभिनेत्री रेखा थापा यतिखेर कतारमा छिन् । यही बुधबार रातको १२ बजे रेखा कतार एयरवेजबाट कतार प्रस्थान गरेकी थिइन् । कतार स्थित नेपालीले खोलेको ग्रान्ड मार्ट सपिङ सेन्टरको उद्घाटन गर्न रेखा त्यहाँ पुगेकी हुन् ।

सञ्चारकर्मीसँगै गायिकाको छवि बनाएकी कोमल ओली फिल्म राजनीति मार्फत अभिनेत्री बनेकी छिन् । कोरियाको साँस्कृतिक कार्यक्रम सकेर यो हप्ता मात्रै नेपाल ल्यान्ड भएकी कोमल राजनीतिको अभिनयबाट पाएको सकारात्मक प्रतिक्रियाले गद्गद् छिन् ।

नोटबुक फिल्ममा जमेको जोडी जीवन लुईटेल र निता ढुंगानालाई दर्शकले पुन: अर्को फिल्ममा देख्न सक्ने सम्भावना छ । दर्जन भन्दा बढि फिल्ममा असिस्टेन्ट गरेका कृष्ण पौडेलले डेब्यू निर्देशन गर्न लागेको फिल्म 'धुन'मा जीवन र नितालाई लिड रोलका लागि कुरा गरिएको छ ।

निर्माता छविराज ओझासँगको १० बर्षे वैवाहिक सम्बन्धलाई रेखाले गएको बर्ष पूर्ण विराम दिइन् । सम्बन्ध विच्छेदको मुख्य कारण उमेर अन्तर र वैचारिक द्धन्द्ध भएको रेखा छविले बताउँदै आएका छन् ।

एमाले पार्टीले संविभान सभा निर्वाचनको प्रत्यक्ष तर्फको टिकट सिफारिस नगरेको झोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने घोषणा गरेको अभिनेता भुवन केसीले आफु नेकपा एमाले पार्टीमै रहेको उद्घोष गरेका छन् । एमाले पार्टी मुख्यालय बल्खुमा भएको एक औपचारिक कार्यक्रममा भुवन उक्त उद्घोष गरेका हुन्

भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको रोमाण्टिक साईलेन्स लभस्टोरी फिल्म 'मौन'ले करिब डेढ दर्जन कलेजमा पुगेर बिद्यार्थी दर्शकसँग नेपाली फिल्मको बारेमा एक सर्वेक्षण गर्यो । जसमा अधिकांश बिद्यार्थीले कमेडी फिल्म मन पर्ने बताए ।

