Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बितेका पल ट्रेलर : केकीले किन बुझ्न सकिनन् ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/27

'स्वर' डेब्यू अभिनेत्री केकी अधिकारीका धेरै फिल्म रिलिज छैनन् तर उनको चर्चा राम्रै छ । 'आइ एम सरी', 'मसान' र 'महसुस' आफ्नो कुशल अभिनय क्षमता प्रदर्शन गरेकी केकीले रिलिज हुन लागेको फिल्म 'बितेका पल'मा पनि दर्शकको मन छुने अभिनय गरेको अनुमान प्रस्तुत सार्वजनिक ट्रेलरले देखाएको छ ।

 

त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गर्ने यो फिल्ममा केकीले दार्जिलिङका ठिटो अबिनाश गुरूङ र बाबु बोगटीसँग आफ्नो प्रेम साटेकी छिन् । निर्देशक सुरज सुब्बा नाल्बोका अनुसार केकीको अहिलेसम्मकै उत्कृष्ट फिल्म बन्नेछ । सुरज भन्छन्- 'केकीले गरेको अभिनयले म नै आश्चर्यमा छु ।' सायद त्यहि भएर होला सुरजले हरेक प्रोमो केकी केन्द्रित बनाएका छन् ।

 

अभिनेत्री अधिकारी पनि फिल्मलाई लिएर निकै उत्साहित छिन् । राजेश घतानी र कृष रिजालले मिलेर निर्माण गरेको यो फिल्म यहि पौष २६ गते रिलिज हुँदैछ । फिल्मको सुटिङ दार्जिलिङमा गरिएको हो । फिल्मको प्रोमो हेरेर अनुमान लगाउनुस्, कस्तो होला 'बितेका पल' ?