Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`अपूरै छ नेपाली फिल्म` : नरहरि आचार्य, नेता (नेपाली कांग्रेस)

फिल्मीखबर, काठमाण्डौ, 2013/11/28

दोस्रो संविधान सभाको प्रत्यक्ष तर्फको निर्वाचनमा नेपाली काङ्ग्रेसका नेता नरहरी आचार्य काठमाडौं क्षेत्र नम्वर ५ बाट विजयी भए । नेपाली राजनीतिमा वृत्तमा स्पष्ट वत्ताको रुपमा परिचित यिनै दोस्रो संविधान सभाका विजयी काङ्ग्रेसी नेतासँग साप्ताहिक शुक्रबारका सुकृत नेपालले फिल्म कुराकानी गरेका छन् । नरहरी आचार्यसँग सुकृतले गरेको कुराकानीको सम्पादीत अंश -

 

चुनावमा जित्छु जस्तो लागेको थियो त ?
चुनाव लडेपछि जीत-हार त भइ नै हाल्छ । मैले पहिले नै आफ्ना वैकल्पिक कार्यक्रम बनाइसकेको थिएँ । त्यसैले पनि खासै त्यस्तो मतलब भएन ।


यसपालि बन्छ त संविधान ?
जनताले सोचेको जस्तो अवस्था अहिले पनि आउन सकेको छैन । तर, केही परिवर्तन भएका छन् । अरूको शासनबाट हामी मुक्त भएका छौँ । पक्कै पनि बन्छ ।  


नेता नबन्नुभएको भए के बन्नुहुन्थ्यो होला ?
प्राध्यापक हुन्थेँ कि ?


फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
किताब पढ्छु, फिल्महरू हेर्छु र प्रायः राजधानी बाहिर डुल्न जान्छु  ।


फिल्म कत्तिको हेर्नुहुन्छ ?
एकदमै हेर्छु । कलेज पढ्दा मैले एकै दिनमा तीनटा हलमा पनि फिल्म हेर्न भ्याएको छु ।


कस्ता खाले फिल्म हेर्न रुचाउनुहुन्छ ?
नेपाली फिल्म । यसको मतलब हिन्दी र अंग्रेजी नहेर्ने भन्ने चाहिँ होइन ।


हालसालै हेर्नुभएको फिल्म ?
‘बलिदान’ ।


दोहोर्‍याएर हेरेको फिल्म ?
हिन्दी फिल्म ‘दो कलियाँ’  ।


दोहोर्‍याएर हेर्नुको कारण ?
आफनै उमेरसँग मिल्दोजुल्दो पात्रको प्रभावले गर्दा हेरेको हुँ ।


मन पर्ने कलाकार ?
हरिहर शर्मा, नीर शाह, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ।


नेपाली फिल्ममा सुधार भएको छ त ?
सुधार भएको छ । नयाँ–नयाँ टेक्नोलोजीले गर्दा नेपाली फिल्मलाई अलि सजिलो भएको छ । पहिलाको जस्तो पुराना कुराहरूको प्रयोग अहिले गर्नुपर्दैन । तर, अझै पनि अपूरै छ नेपाली फिल्म ।


गीत कत्तिको सुन्नुहुन्छ ?
भ्याएसम्म सुन्छु   ।


कस्ता गीत बढी मन पर्छन् ?
मलाई सबै खालका गीत मन पर्छन् । प्रेमदेखि राजनीतिसम्मका गीत मन पर्छन् मलाई ।   


मन पर्ने गायक ?
नारायण गोपाल र शिशिर योगी ।


तपाईंको रोल मोडल ?
गिरिजाप्रसाद कोइराला ।