Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालका दुई सर्ट फिल्म र एक डकुमेन्ट्री अर्न्तराष्ट्रिय प्रतिश्पर्धामा

फिल्मीखबर, काठमाण्डौ, 2013/11/29

अमेरिकाको न्युयोर्कमा चल्ने एकदिने पोभर्टी केयर फिल्म फेस्टिभलका लागि नेपालबाट दुई सर्ट फिल्म 'ह्वाइट अम्ब्रेला' र 'बाँसुल्ली' छानिएका छन् । मंसिर २७ मा साढे तीन घन्टा चल्ने उक्त फेस्टिभलका लागि नेपाल सहित बिभिन्न देशका ६४ फिल्म छानिएका छन् ।



स्टपमोसन एनिमेटेड सर्ट फिल्म 'ह्वाइट अम्ब्रेला' लाई रमेशमान श्रेष्ठले निर्देशन गरेका हुन् । यसमा काम नलागेर फ्याँकिएका कागज, कसिङ्गर, प्लास्टिक झोला, टुक्रा कपडा, काठ, कार्टुन बक्स, नरिवलको जटा, प्रयोग गरिएका चुइगम, तार आदिको प्रयोग गरी निर्माण गरिएको छ । रमेशको सर्ट फिल्म 'ह्वाइट अम्ब्रेला' फेस्टिभलको पाँच हजार डलर पुरस्कार रहेको 'बेस्ट न्यारेटिभ सर्ट' विधासहित तीन हजार डलर रहेको 'पब्लिक च्वाइस अवार्ड'का लागि प्रतिस्पर्धामा छ ।

 

पब्लिक च्वाइसका लागि मीनबहादुर भाम निर्देशित 'बाँसुल्ली' पनि छानिएको छ । यस विधामा जित्नका लागि फेस्टिभलले उपलब्ध गराएको फिल्मको फेसबुक पेजमा सर्वाधिक लाइक पाउनुपर्नेछ । 'बाँसुल्ली'मा संविधानसभाको चुनाव हुँदा जुम्लाकी १२ वर्षीया बालिका बिजुलीको जिन्दगीमा आएको परिवर्तनलाई प्रस्तुत गरिएको छ । 'बाँसुल्ली' ६९ औं भेनिस फिल्म फेस्टिभलमा समेत पुगेको थियो ।

 

यस्तै देवी लाङले निर्देशन गरेको डमुकेन्ट्री फिल्म 'हर्ट्स इन दि हिमालयज' पनि प्रतिष्पर्धामा उत्रेको छ । यो डकुमेन्ट्री 'बेस्ट डकुमेन्ट्री सर्ट' र 'अडियन्स च्वाईस अवार्ड'मा प्रतिष्पर्धा गर्दैछ ।