Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

क्यूब-३ उदघाटन : गुणस्तर हलमा सस्तोमा फिल्म हेर्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2013/11/29

केएल टावर चावहिलमा अत्याधुनिक प्रविधि जडान गरिएको अन्तर्राष्ट्रिय स्तरको हल ‘क्यूव–३’ संचालनमा आएको छ । नेपालमा पहिलो पटक निर्माण गरिएको भनिएको गुणस्तरयुक्त उक्त हलको बिहिबार साँझ सिमित फिल्मकर्मी तथा सञ्चारकर्मीमाझ उदघाटन गरियो ।

 



यस अघि दुइवटा हल संचालनमा ल्याएको एफक्यूबले बिहिबारबाट सञ्चालनमा ल्याएको हल सिट क्षमता २ सय १२ रहेको छ । दर्शकहरुलाई बढी रोमाञ्चक अनुभव प्रदान गर्न सबै सीटमा साउण्ड र मोसन सेन्सर प्रविधि जडान गरिएको छ । जसबाट दर्शकले फिल्मको ध्वनि र दृश्य आफ्नै सीटमा भएको जस्तो अनुभव गर्न सक्नेछन् । फिल्ममा जस्तो एक्सन हुन्छ, त्यो सीटमा नै भए जस्तो लाग्दछ । जसलाई “एक्टिभ सीटिङ् सिष्टम” भनिन्छ ।

 

 

'क्यूव–३' मा सबभन्दा पछि आएको डिजिटल प्रविधि प्रयोगमा ल्याइएकोले आवाज र दृश्यको स्तर निकै आकर्षक पाइन्छ । यो प्रविधिले निर्माता र निर्देशकले दर्शकहरुलाई दिन खोजेको मनोरञ्जनलाई यथार्थमा उतार्ने हल म्यानेजर अरूण रिजाल बताउँछन् । क्यूव–३ मा दर्शकको चाहना अनुसार अति आरामदायी सीटहरु राखिएको अरूणको भनाई छ । दर्शकलाई आकर्षण गर्नका लागि हल सञ्चालक समितीले एक साताका लागि तीन वटै थिएटरको शुल्क रू. १७५ राखेको छ ।