६ औं नेफ्टा अवार्डको चलाखी भन्ने कि संयोग ? अवार्डका ३३ मध्ये ७ विधाका टप थ्री नोमिनेशनमा पर्नेको नाम दोहोरिएको छ । एउटै नोमिनेशनमा नाम दोहोरिएको बारे नेफ्टा प्रमुख मनोज केसीले आश्चर्यता प्रकट गरे ।

नेपाल चलचित्र प्राविधिक संघ र सुवास इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना रहेको अवार्ड डिसेम्वर २५ तारिखमा नेपाली समयानुसार मध्यान्ह् ४ बजे मलेसियाको सेतिया सिटी कन्भेन्सन सेन्टरमा हुँदैछ । 'अन्दाज' र 'मेरो लभ स्टोरी' फिल्मबाट उत्कृष्ट मेकअपमा सरोज पाण्डे दोहोरिएका छन् । उत्कृष्ट टप थ्री नोमोनिशनमा दोहोरिनेमा वेस्ट ड्रेस निलिमा शर्मा (फेसबुक र के यो माया हो), वेस्ट आर्ट डिरेक्टर निर्जल श्रेष्ठ (मसान र मायाज बार) छन् ।
'व्रेक फेल' र 'मालती'को भट्टीबाट उत्कृष्ट करियोग्राफरमा रेनशा राई दोहोरिएकी छिन् भने वेस्ट ब्याग्राउन्ड स्कोरमा फिल्म 'अन्दाज' र 'मायाज बार'बाट महाराज थापा परेका छन् । फिल्म 'मेरो लभ स्टोरी' र 'के म तिम्रो साथी बन्न सक्छु'बाट अभिनेता आर्यन सिग्देल उत्कृष्ट ५ अभिनेताको नोमिनेशनमा पर्न सफल भएका छन् । 'मायाज बार'बाट उत्कृष्ट संगीतकारको नोमिनेशनमा परेका सुरेश अधिकारी सोही फिल्मबाट उत्कृष्ट तीनको शब्द रचनाकार भित्र परेका छन् ।
कतै प्राबिधिक तथा कलाकार धेरै लैजान पर्छ भनेर नोमिनेशनमा नाम दोहोर्याईएको त हैन ? एउटै नोमिनेशनमा नाम दोहोरिएको बारे मनोजले भने- 'टप थ्री छुट्याउने जिम्मा हामीले जुरीलाई दिएका हौं । यसमा हामी जवाफदेही छैनौ ।' डिसेम्वर २५ को अवार्डका लागी करिब डेढ सय जति फिल्मकर्मी, सञ्चारकर्मी र आयोजक मलेसिया उड्नेछन् । एक पटक पोष्टपोण्ड भईसकेको यो अवार्ड अब कुनै पनि हालतमा हुने बताईन्छ । अवार्डको अन्तिम तयारी भईरहेको मनोजले बताए ।
डिसेम्बर २४ मा कलाकार, प्राविधिक, पत्रकारको टोली मलेसिया पुग्नेछ भने २५ तारिखका हजारौं दर्शकका विच अवार्ड बाँडिने छ । डिसेम्बर २६ तारिखमा उपस्थित कलाकार, प्राबिधिक तथा पत्रकारलाई मलेसिया भ्रमण गराउने व्यवस्था स्थानिय आयोजकले गरेको छ । फिल्मकर्मीको जम्बो टोली डिसेम्बर २७ तारिखका दिन नेपाल फर्कने कार्यक्रम छ ।

