Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मको सुक्यो विदेशी बजार

फिल्मीखबर, काठमाण्डौ, 2013/11/29

यतिखेर दर्शकलाई हलमा कुन फिल्म चल्दैछ ? भन्ने हैन देशको राजनीति कता जाँदैछ ? भन्ने व्यग्र चासो छ । हलमा फिल्म छन् तर दर्शक छैनन् । फिल्म हेर्ने दर्शक नभएपछि निर्मातालाई घाटा मात्रै छ ।

 

नेपाली फिल्मी बजार दोस्रो संविधान सभा निर्वाचनको माहोलले अस्थिर बनेपनि निर्मातालाई राम्रै आम्दानी हुने गरेको विदेशी फिल्म बजार सुस्ताएको भने महिनौं भैसक्यो । 'लुट' फिल्मले बनाएको विदेशी फिल्म बजार विगत ६ महिनादेखि नराम्ररी सुस्ताएको छ । एकाध बाहेक विदेशी शहरमा नेपाली फिल्म चल्न छाडेका छन् । जर्बजस्ती चलाइएका फिल्मले पनि दर्शक तान्न सकिरहेका छैनन् ।

 

नेपाली फिल्म चलाउँदा फाइदा नहुने देखेपछि विदेशी वितरकले नेपाली फिल्मै किन्न छाडिदिएका छन् । रिलिज पूर्व सुपर हाइप पाएको 'छड्के' र 'बधशाला' फिल्मले विदेशी फिल्म बजार बिगारेको केही निर्माताले आरोप लगाएका छन् । यी दुई फिल्मले विदेशी बजार बिगारेको आरोप लगाउने ती निर्माता भन्छन्- 'छड्के' र 'बधशाला'ले दर्शक झुक्याउने काम गरे । यि मात्र हैन चलेका अधिकांश फिल्मले नै डायस्पोराको बजार बिगारेका छन् ।

 

नाम नखोल्ने सर्तमा विगत लामो समयदेखि नेपाली फिल्म चलाउँदै आएका एक एनआरएन भन्छन्- 'जति डुब्नु डुबि सकें अब फिल्म रिलिज गरेर डुब्नु छैन ।' अहिले फिल्म चलाउनु पर्यो भन्ने एक जनासँग पनि सम्पर्क भएको छैन । नेपाली फिल्म चल्दै आएका युके, अमेरिका र अष्ट्रेलिया जस्ता मुलुकमा नेपाली फिल्म चल्नै छाडेको छ । यसको प्रत्यक्ष असर निर्मातालाई परेको छ ।