Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वेताको मस्त जवानी हेर्नुस् (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/11/30

आगामी माघ १७ गते रिलिज हुन लागेको फिल्म 'प्रोड्यूसर'को आईटम गीत रिलिज गरिएको छ । 'मेरो मस्त जवानी' बोलको गीतमा अभिनेत्री स्वेता भट्टराई र अभिनेता श्याम अर्याल देखिएका छन् ।

 

सितल मोक्तान र बाबु बोगटीको स्वर रहेको प्रस्तुत गीतको शब्द फिल्मकै निर्देशक जनकदीप पराजुलीले लेखेका हुन् भने संगीत राहुल प्रधानको रहेको छ । उक्त गीतको भिडियोका करियोग्राफर साईमन राजवंशी हुन् ।

 

मुख्यत: चार जना युवाहरू (निर्देशक, निर्माता, नायक र प्रोडक्सन म्यानेजर)ले फिल्ममा गर्नुपरेको संघर्षलाई मुख्य कथानक बनाईएको यस फिल्मलाई ज्योतीराज राईले निर्माण गरेका हुन् । बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राई र पायल रायमाझीको अभिनय रहेको यो फिल्ममा सागर प्रधानको छायांकन रहेको छ ।