Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सौर्य`को प्रोमोशनमा जुट्ने को ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/29

बलिउड सुपरहिरो फिल्म 'क्रिस ३' ले व्यापारिक रेकर्ड राख्ने क्रम रोकिएको छैन । ऋतिक रोशन सुपरहिरो बनेको 'क्रिस ३'ले सर्वाधिक कमाइ गर्नुमा यसको मिडिया प्रोमोशन खास कारण बन्यो ।

 

नेपाली फिल्म हलमा पनि मंसिरको अन्तिम साता (मंसिर २८ गते, शुक्रबार) देखी सुपरहिरो फिल्म 'सौर्य'लाई दर्शकले हेर्ने अवसर पाउनेछन् । फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा दर्शकलाई उत्साहित गर्ने गरी 'सौर्य'ले छाप छोड्न नसकेको आंकलन गरिएको छ । किन छोड्न सकेन त गतिलो छाप ? निर्माणको चार बर्ष पछि रिलिज हुन लागेको यो फिल्मका कलाकार नै व्यस्त भएपछि प्रचार प्रसार गतिलो हुन नसकेको हो ।

 

फिल्मका मुख्य पात्र सौगात मल्ल यसै साताबाट 'उत्सव' फिल्मको सुटिङ र अभिनेता राजेश हमाल स्टेज ड्रामा 'कोर्ट मार्सल'को मञ्चनमा व्यस्त छन् । उसो त फुर्सदै भएपनि राजेश र सौगतले फिल्मको प्रचारमा सक्रियता नदेखाउने भन्ने आरोप निर्माता निर्देशकले लगाउँदै आएका छन् । यद्पी राजेश र सौगात केही साता अघि सम्पन्न 'सौर्य'को प्रेस समारोहमा उपस्थित भएका थिए ।

 

फिल्म होस् या व्यक्तिगत प्रसंग, सौगात मिडियासँग खुल्न असहज मान्छन् भने राजेशलाई फुर्सद निकाल्नै समय लाग्ने गर्दछ । 'सौर्य'का मुख्य पात्रको यस्तो बानीले प्रत्यक्ष असर फिल्मको व्यापार पर्ने देखिन्छ । अहिले फिल्मको प्रोमोशनमा निर्माता, निर्देशक तथा प्राबिधिक मात्रै आ-आफ्नो तवरले लागिपरेका छन् । फिल्म प्रदर्शन हुन अझै दुई साता बाँकी रहेकाले निर्माण पक्ष कलाकारलाई मनाएर प्रचारमा निस्कन सफल होला कि ?

 

हाकिम इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म 'सौर्य'मा सौगात र राजेशसँगै अनुप विक्रम शाही र हेमा श्रेष्ठको मुख्य अभिनय रहेको छ । 'सौर्य'का निर्देशक मार्कन्डे दीपविम बस्नेत हुन् । फिल्मलाई सुरेन्द्र गुरुङ हाकिमले निर्माण गरेका हुन् ।