Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

६ एकान ६ गीत रिलिज : हरिबंश पनि देखिए

फिल्मीखबर, काठमाण्डौ, 2013/11/30

आगामी पौष २६ गते रिलिज हुन लागेको फिल्म '६ एकान ६'को शिर्ष गीतको भिडियो रिलिज गरिएको छ । बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यको स्वर रहेको उक्त गीतमा फिल्मका ७ मुख्य पात्र सहित हरिबंश र दीपाश्री निरौलालाई पनि फिचरिङ गरिएको छ ।

 

निर्मल शर्मा गैंडा र दीपकराज गिरीको निर्माणमा दिनेश डिसीले निर्देशन गरेको कमेडी फिल्म '६ एकान ६'को प्रस्तुत सार्वजनिक गीत प्रोमोशनका लागि तयार पारिएको हो । गीतमा निता ढुंगानाको साथमा ६ जना हाँस्य कलाकारहरू दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे र सन्दीप क्षेत्री मुख्य पात्रको रूपमा देखिएका छन् । यि बाहेक फिल्ममा राजबल्लभ कोईरालाको पनि अभिनय हेर्न सकिन्छ ।

 

 

दीपकराज गिरीको कथा संवाद रहेको फिल्मको पटकथा जगदीश्वर थापाले तयार गरेका हुन् भने पुरुषोत्तम प्रधानको छायांकन र शम्भुजित बास्कोटाको संगीत रहेको छ । प्रस्तुत गीतमा हरिबंश सहित किरण केसी र दिनेश डिसीको पनि स्वर सुन्न सकिन्छ ।