मंसिर लगन पोतेको महिना । तर, वर्ष ७० को मंसिरमा कुनै पनि सेलिव्रेटीले लगनगाँठो नकसेपनि विवाहको विषयमा गफिन भने छोडेका छैनन् ।
डिसेम्वर फस्टमा एक जमघटका विच अभिनेता बिम्लेश अधिकारीले फिल्मीखबरसँगको कुराकानीमा फिल्म रिलिज नभएसम्म विवाह नै नगर्ने अभिव्यक्ति दिएका छन् । अधिकारीले आफ्नो बिहे 'तुलसी' फिल्म रिलिज नभएसम्म नगर्ने बताएका छन् । पहिलो फिल्म 'ब्रेक फेल'ले करिअरको गियर नबढाएको टिप्पणी गर्दै 'तुलसी' फिल्मका पण्डित बाजेले भने- 'फिल्म रिलिज नभएर मेरो बिहे पनि हुन सकेन ।'
बिम्लेशको बिहे रोकेको फिल्म 'तुलसी'लाई भने अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे दम्पतीले युरोपका विभिन्न देशमा प्रदर्शन गर्दै छन् । 'तुलसी'को नेपाल रिलिजको मिति तोकिएको छैन । फिल्म लिएर बिदेश भ्रमणमा रहेका घिमिरे दम्पति कहिले फर्कन्छन् ? टुंगो छैन । अब निर्माता निर्देशक नै नेपाल नफर्किएपछि 'तुलसी' कहिले रिलिज होला र बिम्लेशले बिहे गर्लान् ?

