Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

डबिङ गरेर फर्किए सरोज

फिल्मीखबर, काठमाण्डौ, 2013/12/03

फिल्म 'नाइ नभन्नु ल २'मा अभिनय गर्न केहि साता अगाडी अमेरिकाबाट नेपाल आएका अभिनेता सरोज खनाल मंगलबार भारत पुग्दैछन् । भारतमा केहि दिनको बसाई पश्चात सरोज अमेरिका उड्नेछन् ।

 


फिल्ममा अभिनय गरेका सरोजले सोमबार डबिङ पनि गर्न भ्याए । 'सरोज अमेरिका फर्कनु पर्ने भएकाले हतार गरेर डबिङ गरिएको हो,' निर्देशक विकास आचार्यले भने- 'सरोजको आवाजलाई फिल्ममा मिस गर्न चाहन्थेनौं ।' केहि दिन अगाडी मात्र सुटिङ सकेका निर्देशक आचार्यले बाँकि कलाकारको डबिङ भने केहि समयपछि गरिने बताए ।

 

फिल्मको सुटिङ निकै राम्रो भएको र आफूले पनि मन लगाएर काम गरेको बताउने सरोजले दर्शकले राम्रो फिल्म हेर्न पाउने बताए । डबिङ पश्चात फिल्मीखबरसँग कुरा गदै सरोजले भने- 'मेरो यस पटकको नेपाल बसाई निकै अविश्मरणिय बनेको छ ।'


 

हाल फिल्मको अस्लेशा इन्टरटेन्मेन्टमा सम्पादनको काम भईरहेको छ । वान टाईम सिनेमाले निर्माण गरेको यस फिल्ममा सरोजको साथमा जीवन लुइटेल, सुरज सिंह ठकुरी, प्रियंका कार्की, अनुभव रेग्मी, बर्षा सिवाकोटी, सुज्ञानी भट्टराई तथा सिताराम कट्टेल 'धुर्मुस'को अभिनय हेर्न सकिन्छ । फिल्मको रिलिज मिति चैत्र २८ गतेका लागि तोकिएको छ ।