आमा बनेपछि पनि आफ्नो शरीरलाई स्लिम राख्न सफल भएको भन्दै अभिनेत्री अरूणिमा लम्सालले फिल्मकर्मीबाट राम्रै तारिफ पाइन् । हुन पनि हो, अन्य अभिनेत्री सन्तान जन्मेपछि ह्वात्तै मोटाएर घरायसी धन्दामै व्यस्त छन् । अरूणिमा भने छोरीलाई हुर्काउँदै केही फिल्ममा समेत अभिनय गर्न भ्याइ सकेकी छिन् ।
अरूणिमाको मुख्य रोल रहेको फिल्म 'पीपल' प्रदर्शनको क्रममा छ । अतिथि भूमिका रहेको 'उर्वशी' हाल देशका पर्दामा प्रदर्शनरत छ । प्रदर्शन पूर्व 'उर्वशी' युनिटले एक प्रेस समारोह गरेको थियो । जहाँ अभिनेत्री लम्साल पनि उपस्थित थिइन् । कार्यक्रममा अरूणिमाको शरीरलाई लिएर सहभागी बिच राम्रै कानेखुसी चल्यो । अरूणिमा किन मोटाइन् ? न कसैले प्रश्न सोध्यो, न अरूणिमाले नै उत्तर दिन आवश्यक ठानिन् ।
कार्यक्रममा सहभागीले चाहिं भन्दै थिए- 'स्लिम भएर पनि के गर्नु ? पहिला जस्तो फिल्ममा व्यस्त हुने हैन क्या रे !' फिल्म 'जनैको साँचो'को सुटिङमा व्यस्त अरूणिमाले सहभागीको कुरा सुनिन् कि सुनिन् ? सुनेको भए अरूणिमा पुनः दुब्लाउँछिन् कि !

