Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ `उर्वशी`को व्यापार ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/02

फिल्मकर्मीको अपेक्षा अनुरुप यो साता हलमा दर्शकको भिड उर्लन देखिएन । दोस्रो संविधान सभा निर्वाचनको ह्याङ मेट्न दर्शक फिल्म हलमा लामवद्ध हुने धेरैको अपेक्षा थियो । फिल्म `उर्वशी` रिलिज पूर्व यस्तै अनुमान र अपेक्षा गरिएको थियो ।

 

 

मंसिर १४ गतेबाट देशका करिब ५५ वटा पर्दाबाट प्रदर्शनमा आएको `उर्वशी`को सुरुवाती व्यापार खास हुन सकेन । फिल्मको व्यापार उत्साहको हुन नसकेपनि निराशको भने नरहेको यस फिल्मका निर्देशक तथा वितरकले जानकारी दिएका छन् । निर्देशक मनिष पन्थले हेर्ने जति दर्शकले `उर्वशी` मन परेको प्रतिक्रिया दिएको बताए । निर्देशक पन्थीले भने- 'दर्शकको प्रतिक्रियाबाट खुसी छु । फिल्म मन पराइदिएको दर्शकलाई धन्यवाद ।'

 

फिल्म वितरणको जिम्मा लिने मध्येका रत्न श्रेष्ठले दाबी गरे- '३ दिनमा फिल्मले करिब २० लाखको व्यापार गरेको छ ।' फिल्मका निर्माता खगेश्वर पुनलाई घाटा लाग्छ या नाफा ? फिल्मको एकमुस्ट व्यापार आएपछि मात्रै थाहा हुने वितरक श्रेष्ठले बताए । निता ढुङ्गाना, किशोर खतिवडा, किशोर श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री अरूणिमा लम्साल अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन् ।