Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किचेन ड्रामामा बिनिताले हँसाउने र रूवाउने

फिल्मीखबर, काठमाण्डौ, 2013/12/05

भोली शुक्रबारदेखि बेलुकी साढे ४ बजे लाजिम्पाटस्थित भिलेज थिएटरमा मञ्चन हुने नाटक 'टेलिङ अ टेइल : किचेन ड्रामा'मा अभिनेत्री बिनिता बरालले उपस्थित दर्शकलाई हँसाउने र रूवाउने बताईन् ।

 

 

बिहिबार राजधानीमा नाटकको बारेमा जानकारी दिन आयोजना गरिएको प्रेसमिटमा बोल्दै अभिनेत्री बरालले महिला हिंसाको बिषयलाई उठाएको आफ्नो २ घण्टाको नाटमा दर्शक एक घण्टाको समयमा हाँस्ने र बाँकि एक घण्टा भावुक हुने बताईन् । नाटकमा लाग्नुको कारण खुलाउँदै उनले भनिन्- 'फिल्मबाट व्यवसायिक सफलता पाएँ, आत्मसन्तुष्टीको लागि नाटक गर्दैछु ।'

 

 

महिला हिंसामा आधारित नाटकमा बिनिताले पीडित महिलाको भूमिका निर्वाह गर्दैछिन् । बिनितालाई स्टेजमा राजकुमार पुडासैनी, दिव्य देव, गोपाल अर्याल र संगीता थापालगायतले साथ दिनेछन् । अंग्रेजी भाषाको नाटक विभिन्न १६ भागमा विभाजित गरिएको छ जसलाई डेबोरा मेरोलाले निर्देशन गर्दैछिन् । अर्चना थापाद्वारा लिखित 'टेलिङ अ टेल' नामक पुस्तकमा १४ देखि ६० बर्ष उमेरका महिलाहरूले भोगेका पीडाहरूको वास्तविक घटनालाई चरितार्थ गरिएको छ ।

 

निर्देशक मेरोलाले नेपाली महिलाको पीडा दर्दनाक रहेकोले सामाजिक चेतनाका लागि नाटक निर्देशन गर्न लागेको बताईन् । उनले पुस्तकमा समेटिएका रियल केहि पात्रले पनि नाटकमा अभिनय गर्ने उनले जानकारी गराईन् । 'यो नाटकले हरेक महिलाले भोगेका कथालाई प्रतिबिम्बित गर्छ,' निर्देशकले भनिन् ।

 



 

पुस्तककी लेखक अर्चनाले महिलाले मनको कथाव्यथा जबसम्म बाहिर ल्याउँदैनन् तबसम्म उनीहरूको पहिचान नहुने भन्दै महिलाको व्यथाहरूलाई पुस्तकमा उतारेको बताईन् । पुस्तकमा बिभिन्न महिलाले भोगेका ३१ फरक रियल कथामा महिलाको पक्ष लिएपनि पुरूषको बिपक्षमा नलेखेको बताईन् । कार्यक्रममा 'ट्रेलर' स्वरूप नाटकको एक अंश प्ले गरेर देखाईएको थियो ।