सुटिङ सकेर पोष्टप्रोडक्सनमा रहेको फिल्म 'आवरण'को रिलिज मिति तय गरिएको छ । निर्माण युनिटले जानकारी गराएअनुसार प्रियंका कार्की मुख्य भूमिकामा प्रस्तुत भएको 'आवरण' जेठ २ गतेबाट अल नेपाल प्रदर्शन हुनेछ ।
मानव जीवनको बाह्य तथा भित्री आवरणको रहस्यमय विषयलाई मुख्य विषय बनाइएको यस फिल्मलाई 'अपवाद' निर्देशक सुवास कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंकाको साथमा निर्देशक नरेश पौड्याल, दिव्य देव, सुशिलराज पाण्डे, रवि गिरी, रश्मी भट्ट, एमएस अग्रज, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मी लगायतको अभिनय छ ।
फिल्ममा अनिल योञ्जन, लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुत्त लगानी छ । फिल्मलाई सुसन प्रजापति र हरी हुमागाइँले खिचेका हुन् । फिल्ममा बाबु बोगटी, स्वप्निल शर्मा र कसम नेपालको संगीत छ । अनिल योञ्जनले लेखेको यो फिल्म प्रदर्शनको जिम्मा गोविन्द शाहीले लिएका छन् ।

