Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुधारवादी चेतनामा `अकिंचन`

फिल्मीखबर, काठमाण्डौ, 2013/12/05

थुप्रै फिल्ममा सहायक निर्देशक भएर काम गरेका परीच्छेद सेन ठकुरी फिल्म निर्देशनमा उत्रिएका छन् । उनले सामाजिक तथा राजनितिक यतार्थवादी विषयवस्तुमा आधारित रहेर 'अकिंचन' नामक ४० मिनेटको सर्ट फिल्म निर्देशन गरेका छन् ।
 

 

'अकिंचन' फिल्म समाजमा व्याप्त गरिबी, असमानता र बाल श्रम शोषण जस्ता विकृति र विसङ्गतिलाई चित्रण गर्दै सुधारवादी चेतना दिएको फिल्म हो,' निर्देशक ठकुरीले फिल्मको बारेमा जानकारी दिंदै भने- 'फिल्ममा गरिबी, अन्याय, असमानता र शोषणमुक्त समाज निर्माणका निम्ति मान्छे मर्न र मार्न आवश्यक नरहेको, कुनै पनि सकारात्मक परिवर्तनका  लागि मान्छे जीउँदो हुन आवश्यक रहन्छ भन्ने विचार पनि प्रस्तुत गरिएको छ ।'
 

 

'अकिंचन'ले पिछडिएका, निमुखा, विपन्न अर्थात समग्रमा गरिबी भन्ने अर्थ बोकेको उनले बताए । राजनीति र गरिबी बीचको अन्तरद्वन्दलाई विषयवस्तु बनाइएको यस फिल्ममा निर शाह, दिलिप रायमाझी, सुमिना घिमिरे, लक्ष्मी थापा, एकराज आचार्य, प्रतिष्णा केसी, मनिषा दुलाल, पुनम थापा लगायतको अभिनय हेर्न सकिन्छ ।

 

बसन्तीदेवी श्रेष्ठले निर्माण गरेको यो फिल्म पूर्ण रूपमा तयार भएको जानकारी दिंदै निर्देशक ठकुरीले छिट्टै नै च्यारिटी गरिने बताए । च्यारिटीबाट उठेको रकम समाजसेवामा खर्चिने उनको भनाई छ ।