Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दलका शिर्ष नेतालाई देखाईयो `झोला`

फिल्मीखबर, काठमाण्डौ, 2013/12/05

कृष्ण धारावासीको कृतिमा आधारित फिल्म 'झोला'लाई नेपाली राजनीतिका शिर्ष नेताले हेरेका छन् । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, बाबुराम भट्टराई, झलनाथ खनाल सहित एमाले नेता केपी ओली, इश्वर पोखरेल, नेपाली काङ्ग्रेसका कृष्ण प्रसाद सिटौला, बाबुराम पत्नी हिसीला यमी लगायतका शिर्ष नेता 'झोला' फिल्म हेर्न कमलपोखरीस्थित कुमारी हलमा पुगेका थिए ।

 

 

सती प्रथा विरुद्धको 'झोला' फिल्म हेरेपछि सबै शिर्ष नेताका आँखा रसाएको निर्देशक यादव भट्टराईले फिल्मीखबरलाई बताए । दलका नेताको प्रतिक्रियाबाट हौसिएका निर्देशक भट्टराईले भने- 'हामीले सोचे भन्दा राम्रो प्रतिक्रिया पायौ ।' प्राप्त प्रतिक्रियाबाट झोला युनिट अत्यन्त खुसी छ । फिल्ममा अभिनेत्री गरिमा पन्तको मुख्य भूमिका छ ।

 

 

लक्ष्मी शर्मा, देशभक्त खनाल, प्रल्हाद खतिवडा, दिपक क्षेत्री, सुजल नेपाल लगायतको अभिनय रहेको फिल्मलाई राजकुमार तिमल्सिना, रामगोपाल थापा र सुशील शाहले निर्माण गरेका हुन् । महिला हक अधिकारीकर्मी संघ संस्थाले फिल्मको च्यारेटी गर्ने भएपछि सार्वजनिक प्रदर्शनीमा भने समय लाग्ने निर्देशक भट्टराईले बताएका छन् ।