
हिन्दी फिल्म 'तेरे इश्क में'को टाइटल गीतमा नेपाली पाश्र्व गायिका मनिषा पोखरेलको स्वर रेकर्ड गराइएको छ । सँगै उनले फिल्मको एउटा आइटम गीतमा पनि स्वर रेकर्ड गराएकी छिन् ।

चुरोट खाएको दृश्यलाई आधार बनाउँदै चलचित्र जाँच पास समितिले आगामी शुक्रबार रिलिज हुने फिल्म 'मधुमास'लाई 'पिजी' सर्टिफिकेट दिएको छ । तर, फिल्म निर्माता बाबुराम दाहालले 'धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ' भन्ने सुचना राख्दा राख्दै पनि 'पिजी' सर्टिफिकेट दिएकोमा आपत्ति जनाए ।

मंसिर ४ को संविधान सभाको चुनावलाई मुख्य कारण बनाउँदै फिल्म अधकट्टीको सुटिङ पोस्टपोन्ड गरिएको छ । दशैं सेलिव्रेसन पछि चितवनबाट सुटिङ सुरु गर्ने भनिएकोमा मंसिरको पहिलो साताबाट मात्रै सुटिङ थालिने निर्माता प्रदिप कुमार उदयले जानकारी दिए ।

छविराज प्रोडक्सनको दोस्रो प्रस्तुती फिल्म 'लज्जा'को शुभ साइत गरिएको छ । बिहान कमलादी स्थित गणेशस्थान मन्दिरमा निर्माता छवि ओझा र निर्देशक नवल नेपालले फिल्मको सफलताको कामना गर्दै पूजाआजा गरे ।

अहिलेको नेपाली फिल्मको बिग्रंदो अवस्थाको बारेमा बुढो बाघको नामले चिनिएका अभिनेता शिब श्रेष्ठले निकै चिन्ता व्यक्त गरे । उनले फिल्म नचल्नुको बिषयमा जिज्ञासा राख्दै फिल्मीखबर समक्ष आफ्ना अनुभव पनि साटे ।

रिलिजको संघारमा रहेको वार युनिटले दशैं सेलिव्रेसनसँगै मोफसलका बजारमा फिल्मको प्रचार गरेको छ । निर्देशक मुकुन्द भट्ट र कलाकार बालकृष्ण प्रसाइँ फिल्मको प्रचार सकेर आज राजधानी फर्किए ।

