Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

उत्सवको `इन्डक्ल्याप` पार्टीमा सौगातको डान्स (फोटो फिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/12/13

फिल्म 'उत्सव' यूनिटले सुटिङ सकिएको खुसीयालीमा एक पार्टीको आयोजना गर्यो । जहाँ अभिनेता सौगात मल्ल खुवै रोमान्टिक देखिए । सभा समारोहमा कम खुल्ने सौगातले त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको साँझमा (मंसिर २७ गते) भने आफुलाई कन्ट्रोल गर्न सकेनन् । जब म्यूजिक बज्यो त्यसपछि सौगाले सुरु गरे डान्स ।

 

सौगातसँगै अन्य आगन्तुकले पनि सुटिङ सकिएको खुसीयालीमा कम्मर मर्काए । दशैं तिहार, बन्द र सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनले फिल्म 'उत्सव'को छायाँकन अनुमानित तालिका भन्दा लम्बिन गएको निर्देशक कुमार भट्टराईले जानकारी दिए । फिल्मका पटकथाकार समेत रहेका निर्देशक भट्टराईले भने- 'लोकेशन फरक फरक ठाउँमा भएकाले पनि फिल्म खिच्न समय लाग्यो ।' ४० दिनमा सुटिङ सकिएको 'उत्सव'लाई राजधानी पोखरा र मोफसलका अन्य स्थानमा छायाँकन गरिएको छ ।

 

फ्राइडे रिलिज 'सौर्य'का सुपर हिरो सौगात मल्ल 'उत्सव'का मुख्य कलाकार हुन् । निर्देशक भट्टराईले 'लुट'का हाकु कालेलाई पहिलो पटक फिल्ममा कर्मसियल देखाउने प्रयास गरिएको बताए । साँगीतिक भनिएको फिल्ममा सौगात मल्लसँगै गौरव पहारी, प्रकृती श्रेष्ठ, मेनुका प्रधान, संजोग कोइरालाको मुख्य भूमिका छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा सुरेश राई र सनुप पौडेलको संगीतलाई सुन्न सकिनेछ ।

 

सफल फिल्म 'मुग्लान'का निर्माता शेखर कोइरालाले 'उत्सव'लाई निर्माण गरेको हुन् । फिल्मको प्रदर्शन मिति बारे निर्माता तथा वितरक बिच छलफल भैरहेको बताइएको छ । फिल्म रिलिप पश्चात पनि 'उत्सव' यूनिटले यसरी नै खुसीयाली मनाओस्, शुभकामना !