
अभिनेत्री सुमिना घिमिरेको कथा वरिपरि घुमेको फिल्म 'स्टार' भोली शुक्रबारबाट देशभरका पर्दामा चल्दैछ । नेपाली फिल्म क्षेत्रको कथा बोकेको यो स्टारले सिङ्गल रिलिज पाएको छ ।

सुटिङका लागि एक महिना देखि थाईल्याण्डमा रहेको 'स्टुपिड मन' फिल्म निर्माण टिमले फुटबल खेलेर दशैं सेलिब्रेट गरेको छ । फिल्म निर्माण टिम र थाईल्याण्डको नेपाली समाज विच मैत्री पूर्ण खेल भएको थियो ।

अन्य समयमा निकै चहलपहल हुने काठमाण्डौ दशैंमा भने सुनसान रह्यो । अधिकांश फिल्मकर्मी दशैं मनाउन काठमाण्डौ छाडेर आ-आफ्नो गृह जिल्ला पुगे । यसैविच करिब एक दर्जन कलाकार भने कतार पुगेर रमाइलो गरेका छन् ।

आगामी माघ १६ गते शहिद दिवसको अवसर पारेर देशभर एकसाथ रिलिज हुन लागेको फिल्म 'प्रोड्यूसर'का निर्देशक जनकदीप पराजुलीले पुन: अर्को फिल्म निर्देशनको तयारी गरेका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम 'तीन सिल्ली गए दिल्ली' राखिएको छ ।

आगामी पुष २६ गते दुई ठूला फिल्मको भाले लडाईं हुने भएको छ । हाँस्यकलाकार समूहले निर्माण गरेको 'छ एकान छ' र 'बाटो मुनिको फूल' फिल्म निर्माण टिमको 'वितेका पल' विच भिडन्त हुन लागेको हो ।

यहि कार्तिक ८ गते रिलिज हुन लागेको प्रतिक्षित फिल्म 'मधुमास'को गीत सार्वजनिक गरिएको छ । 'जुन झैं' बोलको गीतमा आर्यन सिग्देल र नव अभिनेत्री पूजा शर्मालाई देख्न सकिन्छ ।

