
अभिनेत्री सुमिना कतार काठमाण्डौ गर्दा झन्डै २ केजी मोटाइछन् । सुमिना सुनाउँछिन्- 'दशैंमा मासु धेरै खाइयो । त्यसैले मोटाएछु ।' तर, सुमिनाले बढेको वजनलाई कम गर्ने बताइन् । भन्छिन्- 'वजन कम गर्न जिम जिन्दावाद ।'

'म अलि भाउ खोज्ने टाइपकी छु । परिचय नभएको व्यक्तिसँग अगाडी बढेर बोल्ने बानी छैन । त्यसकारण, घमण्डी जस्तो देखेर होला कुनै पनि केटाले प्रपोच गर्ने आँट नै गरेका छैनन् । प्रेमको भ्योकेन्सी खुला छ ।'

नेपाली मुलका भारतीय छायाँकार विनोद प्रधानलाई नेपाल चलचित्र प्राविधिक संघले मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र संघको बागबजार कार्यालयमा बसेको कार्यसमिति बैठकले छायाँकार प्रधानलाई मानर्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

'कालिका एफएम म्युजिक अवार्ड-२०७०' अन्तर्गत बर्षको सर्बोत्कृष्ट गीतको उपाधी रिदम फिल्मको 'पागल म बन्न सक्छु'ले पाएको छ । यसै गीतबाट उत्कृष्ट गायकको उपाधी स्वरुपराज आचार्यले प्राप्त गरे ।

अमेरिकामा फिल्म सम्बन्धी कोर्ष गरेर नेपालमा फिल्म निर्देशन गर्न आएका पासाङ लामाले आफ्नो फिल्मको नाम 'झिग्राना' राखेका छन् । मंगलबार राजधानीमा मुहर्त गरिएको उक्त फिल्म सस्पेन्स थ्रीलर रहेको निर्देशक लामाले बताए ।

अभिनेत्री नम्रता श्रेष्ठ ग्याजेटको सौखिन हुन् । विशेषगरी मोबाइलको । तर, मौन अभिनेत्री ल्यापटम कमै बोक्ने गर्छिन् । उनको साथमा सोनी एक्सपेरिया र आइफोन फाइभ मोबाइल टुट्दैन ।

