
कार्तिक १ गते देखी प्रदर्शनमा आएको फिल्म स्टारको सुरुवाती व्यापार मध्यम रहेको निर्माता लक्ष्मण सुवेदीले जानकारी दिएका छन् । निर्माता सुवेदी भन्छन्- 'हेर्ने जतिले फिल्मलाई रुचाएका छन् । दर्शक बढ्ने आशा छ ।'

प्रदर्शनरत फिल्म स्टारकी अभिनेत्री सुमिना घिमिरेले दशैंमा टिका लगाएर जम्मा १ सय रुपैयाँ पाइन् ।

देशका ८० भन्दा बढी पर्दामा फुलपाती देखि प्रदर्शनरत फिल्म कालीको एक हप्ते कारोबार फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ । काठमाण्डौ र मोफसलका वितरकबाट प्राप्त रिपोर्टले कालीको एक हप्ते कारोबार उत्साहप्रद रह्यो ।

भर्खरै दशैंको ह्याङबाट पार पाएका दर्शकहरूलाई निर्देशक सुदर्शन थापाले कार्तिक ८ गते अर्को चाड आएको भन्दै दर्शकलाई सेलिब्रेट गर्न भने ।

असोज २५ बाट देशभर प्रदर्शनमा आएको फिल्म कालीले देशभरका हल संगै पुर्वका हलमा समेत उत्साहजनक व्यापार गर्न सफल भएको छ । देशका करिब ८० हल संगै पुर्वको एक दर्जन हलमा यतिबेला काली प्रदर्शन भैरहेको छ ।

अभिनेता आर्यन सिग्देलले बैशाखमा बिहे गर्ने भएका छन् । झण्डै पाँच बर्षको प्रेम पश्चात आर्यनले सपना भण्डारीलाई घर भित्र्याउने तयारी गरेका हुन् ।

