Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`तोरी लाहुरे`को फस्टलुक । नेपाली फिल्मकै पोस्टरबाट प्रभावित ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/12

बेरोजगार युवाहरूको कथामा बनेको फिल्म 'तोरी लाहुरे'को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारको अनुहार प्रस्ट नदेखाईए पनि कास्ट एण्ड क्रुलाई चिनाउने प्रयास गरिएको छ ।

 

 

तोरी लाहुरे र झोलेको पोस्टर कन्सेप्ट हेर्नुस्


केहि दिन अगाडी सार्वजनिक भएको फिल्म 'झोले' निर्माण युनिटले सार्वजनिक गरेको फिल्मको पोस्टरको कन्सेप्टसँग 'तोरी लाहुरे'को पोस्टर मिल्न गएको देखिन्छ । प्राय: बिदेशी फिल्मबाट प्रभावित हुने नेपाली फिल्मकर्मीको माझमा यो फिल्मको निर्माण युनिट नेपाली फिल्मबाट प्रभावित भएको हो या संयोगले मिल्न गएको हो ? उनीहरू नै जानुन् ।

 

द्धन्द निर्देशक एनबी महर्जनले निर्देशन गरेको यो कमेडी फिल्ममा सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी, समुना केसी, रोहित लामा लगायतको अभिनय छ । प्रदर्शनको तयारीमा रहेको यो फिल्मलाई रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ र रोशिफ तामाङले निर्माण गरेका हुन् ।

 

'डिभोर्स'को फस्टलुक प्रोमो

 

 

आगामी चैत्र २१ गते रिलिज हुन लागेको फिल्म 'डिभोर्स'को फस्टलुक प्रोमो सार्वजनिक गरिएको छ । भर्खरै मात्र प्रदर्शनमा आएको फिल्म 'उर्बशी'लाई निर्देशन गरेका मनिष पन्थले निर्देशन गरेको यो फिल्ममा समाजमा विभिन्न किसिमका असन्तुष्टीका कारण श्रीमान् श्रीमती, साथीभाई, प्रेमी प्रेमिका बिच डिभोर्स हुने कथालाई समेटिएको छ ।

 

रोहित पुरी र निलप्रसाद श्रेष्ठको निर्माणमा तयार भएको यो फिल्ममा मनिष पन्थकै लेखन तथा छायांकन छ । फिल्ममा किशोर श्रेष्ठ, आभाष अग्रहरी, सरुना कार्की, बिनिता रम्तेल, बिना थापा, प्रदिप ढकाल लगायतका कलाकारले अभिनय गरेका छन् ।