Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

कथामा ट्वीस्ट आएपछि सुमिनाको ठाउँमा अनु !

फिल्मीखबर, काठमाण्डौ, 2013/12/12

फिल्म खेल्ने सहमती भैसकेको कलाकारलाई निर्माण यूनिट त्यतिबेला आउट गर्न बाध्य हुन्छ जतिबेला उक्त कलाकारबाट फिल्मलाई घाटा पुग्ने देखिन्छ । फिल्म 'एउटा साथी'मा पनि अभिनेत्री सुमिना घिमिरेलाई फिल्ममा अभिनय गराउँदा फाइदा नपुग्ने भन्दै आउट गरिएको छ ।

 

यद्पी निर्देशक लक्ष्मण सुवेदीले कथामा ट्वीस्ट आएपछि सुमिना आउट भएको दाबी गरेका छन् । फिल्म एउटा साथीमा सुमिनाको ठाउँमा अर्की अभिनेत्री अनु शाहलाई अनुबन्धित गरिएको निर्देशक सुवेदीले जानकारी दिए । निर्देशक सुवेदी भन्छन्- 'फिल्ममा रोल लामो हुने देखिएपछि सुमिनाको स्थानमा अनुलाई लिएका हौं ।' सुमिना निर्माण यूनिटको सम्पर्कमा नरहनु पनि 'एउटा साथी'मा अनु इन हुनुको अर्को कारण बन्यो ।

 

अभिनेत्री शाह नियमित वर्कसपमा सहभागी भैरहेको जानकारी दिदैं निर्देशक सुवेदीले समस्या सृजना भएर सुमिना आउट नभएको दाबी गरे । आफ्नै लगानी रहेको फिल्म 'स्टार'मा सोलो हिरोइन बनाएका निर्देशक सुवेदीले सुमिनाको स्थानमा अनुलाई रिप्लेस गर्दा अनेक टिकाटिप्पणी भने सुरु हुन थालेका छन् । सलोन फिल्मस्को लगानी रहने फिल्म यही महिनाको अन्तिम साताबाट फ्लोरमा जाँदैछ । फिल्ममा अनुसँगै सलोन बस्नेत, रिस्ता बस्नेत, करिष्मा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।