
परिवार र अभिनयको कमाइले काठमाण्डौमा घर, गाडी किन्न सफल भएकी सुमिना चर्चा र विवादको पात्र पनि हुन् । गृह जिल्ला सुर्खेतकै एक युवकसँग लगनगाँठो कसेको र एक फिल्मी पत्रकारलाई ज्यान मार्ने धम्की दिएर चर्चा र आलोचनाको पात्र बनेकी अभिनेत्री सुमिना घिमिरेसँग फिल्मीखबरका उत्सब रसाइलीले गहिराइमा पुगेर उनको विषयमा खोतल्ने प्रयास गरेका छन् ।

हिन्दु धर्मालम्वीको महान पर्व दशैंलाई लिएर नेपाली फिचर फिल्ममा गन्न सक्ने गीत समावेश भएका छन् । दश वर्ष अघि मुग्लान फिल्ममा समावेश 'कोदो फुल्यो बारी..' बोलको गीत अहिले पनि उतिकै गुञ्जायमान छ ।

अभिनेता सौगात मल्ल र अर्पण थापाको यस वर्षको दशैं सुटिङ सेटमै बित्ने भएको छ । फिल्म निभ्न लागेको मैनबत्ती (डाइङ क्यान्डल) सुटिङका लागी सौगात र अर्पण यतिखेर रसुवाको लाङटाङ क्षेत्रमा छन् ।

कालीसँग दामिनीलाई असोज २५ मै रिलिज गर्ने भएपछि दामिनीको नेपाली राइट लिने मनोज राठी समुहलाई लक्षित गर्दै रेखाले भनेकी थिइन्- 'मरेको कुकुर काँधमा बोकेर शिकार हुँदैन । बाघसँग भिड्न बाघ नै चाहिन्छ ।'

अभिनेत्री निशा अधिकारीले नयाँ फिल्म पाएकी छिन् । सर्वोच्च शिखर सगरमाथाको सफल आरोही निशा फिल्म मुखैटाका लागी अभिनेता अर्पण थापाको अपोजिट हुने गरी अनुबन्धित भएकी हुन् ।

स्टारको कार्यक्रममा निर्देशक बस्नेतलाई आफ्नो भुमिका बारे बोल्न दिइएको थियो । तर उनले आफ्नो भन्दा पनि अरुको विषयमा बोले ।

