Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.57/5.00)
Text size:-
+
-

अभिनेता जीवन लुईटेललाई पुत्रलाभ

फिल्मीखबर, काठमाण्डौ, 2013/12/15

अहिलेका जल्दाबल्दा चर्चित अभिनेता जीवन लुईटेललाई पुत्रलाभ भएको छ । शनिबार राति सवा एघार बजे जीवनकी जीवनसाथी अञ्जलीले छोरालाई जन्म दिएकी हुन् ।


बसुन्धराको इशान बाल अस्पतालमा रहेका अभिनेता लुईटेलले आमा र छोराको अवस्था सामान्य रहेको बताए । तथापी उनले निर्धारित समयभन्दा एक महिना अगाडी छोरा जन्मेकाले तौल कम भएका कारण बच्चालाई हाल एनएमसियूमा राखिएको बताए । छोरालाई करिब एक साता अस्पतालमा नै राखिने जीवनले फिल्मीखबरलाई जानकारी गराए ।

 

०६४ साल बैशाख २२ गते काठमाण्डौ निवासी अञ्जलीसँग प्रेम बिबाह गरेका जीवनले ६ बर्ष पश्चात छोरा जन्माएका हुन् । किन ढिला ? 'हामी दुबै करियर निर्माणमा थियौं त्यसैले हतार गरेनौं,' जीवन भन्छन्- 'सन्तानको आवश्यकता अहिले महसुश गर्‍यौं ।'

 

सन्तानलाई जन्मदिएका जीवनजलीलाई फिल्मीखबरको तर्फबाट हार्दिक बधाई ।