Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

निर्मातालाई फापेन मंसिर । पाँचै फिल्मले लगानी उठाएनन्

फिल्मीखबर, काठमाण्डौ, 2013/12/15

मंसिर महिना फिल्म निर्माताको पक्षमा देखिएन । फिल्म क्षेत्रमा सफल निर्माताको रुपमा कहलीएका छवि ओझादेखि अन्य नयाँ निर्माताका फिल्मले प्रदर्शनबाट आफ्नो लगानी उठाउन सकेनन् ।

 

संविधान सभा चुनाव, बन्द र बिहेको लगन बिच मंसिर महिनामा ५ फिल्म प्रदर्शनमा आए । निता ढुङ्गाना र किशोर खतिवडाको मुख्य भूमिका रहेको 'उर्वशी' फिल्मले निर्मातालाई राहत दिएन । यस फिल्मका निर्माताले छविको भन्दा बढी नै घाटा वेहोर्नु पर्ने बताइन्छ ।

 

झन्डै एक सय पर्दाबाट प्रदर्शनमा आएको दयाहाङ राई र आर्यन सिग्देलको मुख्य भूमिका रहेको 'लोफर' फिल्मले सोचे भन्दा निकै न्यून कलेक्सन गरेको रिपोर्ट छ । ५० लाख लगानी दाबी गरिएको फिल्मबाट निर्माता ओझाले लगानी रिकभर गर्न नसक्ने पक्का जस्तै देखिएको छ । आदित्य विक्रम लम्साल निर्देशित दोस्रो सातामा पनि झन्डै २ दर्जन हलमा प्रदर्शन भैरहेकाले निर्मातालाई घाटा धेरै नपर्ने अड्कल छ ।

 

शुक्रबारबाट प्रदर्शनमा आएको सुपरहिरो फिल्म 'सौर्य'ले पनि निर्मातालाई सन्तोष दिने कलेक्सन गर्न सकेन । राजेश हमाल, सौगात मल्ल, अनुप विक्रम शाही र हेमा श्रेष्ठको मूख्य अभिनय रहेको फिल्मले लगानी उठाउँला ? एक हप्ते कलेक्सन प्राप्त हुन बाँकी छ । तर, निर्माता फिल्मबाट सुरक्षित हुने आशा भने निकै न्यून छ ।

 

'उर्वशी', 'लोफर' र 'सौर्य'सँगै मंसिर महिनामा प्रदर्शन भएका 'कोहि त छ' र 'गुरु' फिल्मको लगानी बालुवामा पानी खन्याए सरह हुन गयो ।