'रिदम' डेन्यु अभिनेता शोहित मानन्धरले बिहे गरेका छन् । तर, मंसिरको लगनमा भने हैन । 'रिदम' फिल्ममा आँखा देख्न नसक्ने भूमिका निर्वाह गरेर सम्भावना बोकेका नायकको रुपमा उदाएका शोहितले छोटो फिल्म 'रेड मुनसुन'मा विवाहित युवकको भूमिका निभाएका हुन् ।

इलम दिक्षित निर्देशित फिल्ममा शोहितको बिहे हिमाली दिक्षितसँग भएको छ । 'रेड मनसुन'लाई राजधानीमा चलिरहेको किम्फ फेस्टिभलमा मंसिर २९ गते प्रदर्शन समेत गरिएको छ । यही फिल्मको एक दृश्यमा शोहितले बिबाह गरेका हुन् । छोटो फिल्ममा आफ्नो अतिथि भूमिका रहेको उनले बताए ।
साँच्चीकै बिहे चाहिं कहिले गर्ने त ? साइ स्वभावका शोहितले अपत्यारिलो जवाफ दिए- 'बिहे गर्न त केटी नै पाएको छैन ।' ह्यान्डसम हिरोले प्रेमिका नै नभेट्टाएको भन्ने जवाफ कस्ले पत्याउने ? 'यो सम्झने मन छ' फिल्मको सुटिङमा व्यस्त शोहितले भने- 'खोइ मलाई नै अचम्म लाग्छ । कोही गर्लफ्रेन्ड नै भेटेको छैन । मन मिल्ने भेटेपछि बिहे बारे सोचौंला ।' शोहित क्रिसमस पछि भने 'फ्रेन्ड्स' फिल्मको सुटिङमा व्यस्त हुनेछन् ।

